तकदाह-ग्लेनवर्ण समष्टिमा‌‌अग्नि पिढीत परिवारको घर भागोप्रमोद्वारा श्रमदानबाट निर्माणपछि हस्तान्तरण

IMG-20250925-WA0154

खरसाङ: तकदाह-ग्लेनवर्ण समष्टि अन्तर्गत दवाईपानी बस्ती ग्राम पञ्चायत अधीनस्थ रहेका छ माइल हलहले बस्तीमा विगतमा आगलागी भएर पूर्ण क्षतिग्रस्त भएको कौशल्या मुखियाको घर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको संस्थापक अध्यक्ष अनित थापाको दिशा निर्देश बमोजिम श्रमदानमा पुनः निर्माण गरेर समष्टि अन्तर्गत तेस्रो घर हस्तान्तरण गर्ने कार्य आज सम्पन्न गरियो। यसको साथै यस्ता पुनित कार्यहरू सम्बन्धित विभागहरूमाथि निर्भर भएर दोषारोपण गर्ने काम मात्र नगरेर एकरुपतामा सामुहिक प्रयासले अघि आएको खण्डमा सहजै कार्यान्वयन गर्न सकिन्छ भन्ने पार्टी अध्यक्ष अनित थापाको भनाई यथार्थ रूपमा चरितार्थ भएको बताइएको छ।


उक्त कार्यक्रममा प्रणाम रसाइली एमओडी सभासद, समष्टि महासचिव सुशोभित गुरुङ, समष्टि उपाध्यक्ष सोनाम पालजर, जीपी उप प्रधान सुनिता तामाङ, माने डाँडा खण्ड समिति सचिव प्रतिम राई, सिंग्रिमताम खण्ड समिति सभापति अजित राई, साङ्गठनिक सचिव प्रथम राई, समष्टि युवा शक्ति उप-सभापति बबलु नन्दी, समष्टि क्यसियर एवं वार्ड सदस्य धिरज राई, शाखा समितिका अध्यक्ष/सचिव, साथै समाजको सभापति/सचिव लगायत सम्पूर्ण ग्रामवासीको उपस्थित रहेको थियो भनी समष्टिको महासचिव सुशोभित गुरुङले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement