खरसाङमा विश्व फार्मसिस्ट दिवस पालन

IMG-20250925-WA0149

खरसाङ: खरसाङमा प्रोग्रेसिभ हेल्थ एसोसिएसनको आयोजनामा विश्व फार्मसिस्ट दिवस पालन गरिएको छ। खरसाङको मल्टिपर्पोज हलमा सम्पन्न उक्त कार्यक्रममा दार्जिलिङ जिल्ला क्षेत्रका फार्मसिस्टहरु उपस्थित भएर विश्व फार्मसिस्ट दिवस पालन गरिएको छ। यस अवसरमा खरसाङ महकुमा अस्पतालको सुपरिटेन्डेन्ट डा एस मण्डल मिठाई वितरण गरेर दार्जिलिङ जिल्ला क्षेत्रका फार्मसिस्टहरुलाई विश्व फार्मसिस्ट दिवसको बधाई तथा शुभकामना व्यक्त गरेका छन्। बिजय सिञ्चुरीले सञ्चालन गरेको कार्यक्रममा दार्जिलिङ जिल्ला प्रतिनिधि ममु गुरुङद्वारा केक काटेर बधाई दिएका छन्। यसपालीको विश्व फार्मसिस्ट दिवसको विषय ‘स्वास्थ्य रहन सोचौं, फार्मसिस्टलाई सोचौँ’ रहेको छ।‌

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement