घैयाबारी ग्राम पञ्चायत दुई स्तरीय फूलपाती शोभायात्रा र नृत्य प्रतियोगिता आयोजना गरिने

IMG-20250925-WA0148

खरसाङ: खरसाङ खण्डको घैयाबारी दुई ग्राम पञ्चायत अन्तर्गत तीनधारेमा यसपाली फूलपाती शोभायात्राको साथमा नृत्य प्रतियोगिता आयोजना गरिने भएको छ। फूलपाती शोभायात्रा आयोजक समितिको आयोजनामा फूलपातीको दिन तीनधारेमा बिहान ९ बजीदेखि शंकर निवासको ब्राह्म मन्दिर प्राथमिक पाठशाला परिसरबाट फूलपाती शोभायात्रा शुरु भएर अप्पर गोलाईको ब्ल्यु डाईमण्ड अंग्रेजी स्कूल परिसरसम्म पुगेर फर्केर आएर तीनधारेको क्रिकेट बजारस्थित चिल्ड्रेन पार्कमा आएर समाप्त हुने भएको छ। चिल्ड्रेन पार्कमा आएर नृत्य प्रतियोगिता आयोजना गरिने भएको छ।‌ यस फूलपाती शोभायात्रा र नृत्य प्रतियोहितामा घैयाबारी दुई ग्राम पञ्चायत अन्तर्गत भन्ने संघ संस्थाहरुले सहभागिता जनाउन सक्नेछन्। उक्त अवसरमा घैयाबारी ग्राम पञ्चायत दुई अन्तर्गत पर्ने र सहभागी संघ संस्थाहरुलाई सम्मान पनि जनाइने जानकारी प्राप्त भएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै घैयाबारी दुई ग्राम पञ्चायत स्तरीय फूलपाती शोभायात्रा एंव नृत्य प्रतियोगिता कार्यक्रम आयोजक समितिको संयोजक रञ्जित थापाले उक्त फूलपाती शोभायात्रा र नृत्य प्रतियोगितामा‌ घैयाबारी ग्राम पञ्चायत अन्तर्गत रहेका सबै संघ संस्थाहरुलाई सहभागी बनिदिने अनुरोध गर्दै बिहान ९ बजी शंकर निवासको ब्राह्म मन्दिर प्राथमिक पाठशाला परिसरमा भेला भईदिने अनुरोध गरेका छन्।‌ उनले फूलपाती शोभायात्रा र नृत्य प्रतियोगितामा‌ प्रथम, दोस्रो र तेस्रो हुनेलाई आकर्षक ट्रफीसहित नगदराशि प्रदान गरिने साथै सहभागी संघ संस्थाहरुलाई पनि दुई हजार रुपियाँ गरेर प्रदान गरिने जानकारी गराएका छन्। उनले दशैंको अवसरमा नै यसै कमिटीको आयोजनामा तीनधारेमा‌ सांगीतिक कार्यक्रम पनि आयोजना गरिने जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement