खरसाङको सुधपा टोल युवा संघद्वारा गाउँ घर सर सफाई कार्य सम्पन्न

IMG-20250925-WA0147

खरसाङ: खरसाङ नगरपालिकाको वार्ड नम्बर ९ मा रहेको सुधपा टोल युवा संघको आयोजनामा गाउँमा सर सफाई कार्य सम्पन्न गरिएको छ‌। दशैं पूर्व गाउँ सर सफाई गर्नु पर्ने उद्देश्यको साथमा गाउँ सर सफाई गरिएको छ। यस अवसरमा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले नगरपालिका कर्मचारीहरु पठाएर साथै ब्लिचिङ दिएर सहयोग गरेको जानकारी प्राप्त भएको छ। सुधपा टोल युवा संघको युवाहरुले गाउँ सर सफाईको क्रममा बाटोतिर ब्लुचिङ छरेर सफाई गर्नुको साथै झार पात र घाँसहरु काटेर सर सफाई कार्य सम्पन्न गरिएको छ‌।‌ यस अवसरमा सुधपा टोल युवा संघको तर्फबाट सभापति अनन्दजय सिन्हा, सचिव सन्दीप प्रधान लगायत अन्य पदाधिकारीहरु र सदस्य सदस्याहरु उपस्थित रहेर सर सफाई गरेका थिए।

यस विषयमा सुधपा टोल युवा संघको तर्फबाट सचिव सन्दीप प्रधानले दशैं अघि गाउँ घर सर सफाई गर्नु पर्ने उद्देश्यको साथमा युवाहरु मिलेर सफाई अभियान चलाइएको बताएका छन्। उनले यस सफाई अभियानको लागि खरसाङ नगरपालिकाकोे भाइस चेयरम्यान सुवास प्रधानसित भेट गर्दा ब्लिचिङ दिएर सहयोग गरेको साथै सर सफाई कार्यमा पनि कर्मचारीहरु पठाई दिएर सफाईमा‌ सहयोग गरेको बताएका छन्। उनले सुधपा टोल युवा संघको तर्फबाट सबैलाई दशैंको शुभकामना व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement