पैह्रोले प्रभावित रोड र कल्बट मरमत्तिपछि खोलियो खरसाङको बाईपास रोड

IMG-20250925-WA0145

खरसाङ: खरसाङको वार्ड नम्बर ९ अन्तर्गत टुरिस्ट लजमुनिपट्टि रहेको सुधपा टोलमा पैह्रोले भत्काएको सडक र कल्बट मरमत्ति कार्यपछि बाइपास रोड खोलिएको छ। गत ८ अगस्तको दिन लगातार परेको पानीले गर्दा उक्त कल्बट भत्किएपछि खरसाङको बाइपास रोड बन्द भएको थियो। उक्त भत्किएको कल्बटको क्षेत्रीय सभासद श्याम शेर्पाले भ्रमण निरीक्षण गरेर मरमत्तिको लागि पहल गरिएको थियो।‌

उक्त पैह्रोले भत्काएको कल्बटको मरमत्तिको कार्य जीटीएमार्फत् खरसाङ ईञ्जिनियरिङ विभागबाट गत १३ अगस्तदेखि शुरु गरिएको थियो भने आज यसको मरमत्ति कार्य पूरा भएपछि आधिकारिक रूपमा गाडीहरुको‌ लागि खोलिएको छ। मरमत्तिको कार्य समाप्त भएपछि बाईपास रोड खोलाउन क्षेत्रीय सभासद श्याम शेर्पा, खरसाङ ट्राफिक पुलिसको प्रभारी बीरेन्द्र छेत्री, विभागीय अधिकारीहरु र अन्यहरु उपस्थित रहेका थिए। अब यो रोड खोलिएर गाडीहरु कुदन थाले २० देखि ३० प्रतिशत गाडीहरु यो रोड भएर कुद्दा खरसाङ बजारमा ट्राफिक समस्या केही हदसम्म कम रहने बताइएको छ। तर यो बाइपास रोडलाई केवल साना र लाइट गाडीहरुको लागि मात्र खोलिएको छ भने ठूल्ठूला र हेभी गाडीहरु कुदाउन भने अनुमति दिइएको छैन।

यो बाइपास रोड खोलिएको विषयमा पत्रकारहरुसित कुराकानी गर्दै २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिको सभासद श्याम शेर्पाले यो बाइपास रोड बन्द हुँदा ट्राफिक व्यवस्थापनमा धेरै असुविधा भईरहेको र आजदेखि अफिसियल रुपमा रोड खोलिएको जानकारी गराउँदै यसको लागि जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्। उनले यो रोड केवल लाइट गाडीहरुको लागि र हेभी गाडीहरुको लागि होइन भनी बताएका छन्।‌ उनले यस विषयमा खरसाङ ट्राफिक पुलिसको प्रभारी बीरेन्द्र छेत्रीद्वारा बोर्ड लगाउने कार्य गरिने पनि बताएका छन्‌। सभासद श्याम शेर्पाले खरसाङको बाइपास रोड खोलिएपछि २० देखि ३० प्रतिशत गाडीहरु यस रोडबाट चल्न शुरु भए खरसाङ बजारमा ट्राफिक समस्या केही हदसम्म कम हुन सक्ने सम्भावना रहेको बताएका छन्। उनले दशैंको‌ अवसरमा खरसाङमा हुने फूलपाती शोभायात्राको समय अघि नै बाईपास रोड खोलिएपछि फुलपाती शोभायात्राको समय पनि केही हदसम्म ट्राफिक सहज हुने सम्भावना व्यक्त गरेका छन्।

उनले यस बाइपास रोडमा‌ वा‌न वे ट्राफिक गराउन कसैले‌ लिखित रुपमा विभागलाई पत्राचार गर्छ भने विभागसित बसेर के कस्तो नियमहरु छन् त्यो सभामा बसेर निर्णय गरिने पनि बताएका छन्‌।‌ मरमत्तिपछि बाइपास रोड खोलिएपछि खरसाङ ट्राफिक पुलिसको प्रभारी बीरेन्द्र छेत्रीले बाइपास रोडमा‌ लाइट गाडीहरुको लागि मात्र खोलिएको र यस रोड भएर ठूला हेभी वेट गाडीहरु कुदाउन बन्द गरिएको जानकारी गराएका छन्। उनले यस विषयमा दुईतिर नै बोर्ड लगाउने कार्य गरिने पनि जानकारी गराएका छन्।‌

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement