खरसाङमा फूलपाती समारोह समितिको सभा सम्पन्न

IMG-20220923-WA0152.jpg

खरसाङ: अागामी फुलपाती समारोहलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको दोस्रो सभा आज पार्टी कार्यालयमा सम्पन्न भएको छ। उक्त सभा फूलपाती समारोह समितिको संयोजक पेमेन्द्र गुरुङको अध्यक्षता र सह संयोजक गजेन प्रधानको सञ्चालनमा सम्पन्न भएको छ। उक्त सभामा आगामी फूलपाती समारोह विषयमा चर्चा परिचर्चा गरिएको छ। सभालाई खरसाङ देवराली समष्टिका सभासद श्याम शेर्पा, खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान, संयोजक पेमेन्द्र गुरुङ, महकुमा सदस्य प्रेम बम्जन, गुञ्जन शर्मा, नारी शक्ति केन्द्रीय अध्यक्षा अनु प्रधान, केन्द्रीय सदस्या जैतुन निशा खातुन र मैया ठकुरी, खरसाङ टाउन कमिटीको सचिव सूर्य कमल छेत्री, टाउन कमिटीको सदस्य सन्तोष परी, युवा शक्ति खरसाङ टाउन कमिटीको सचिव बन्धन लामा आदिले वक्तव्य राखेका थिए। वक्ताहरूले फूलपाती समारोह विषयमा विभिन्न सुझावहरू राखेका थिए। सभामा फुलपाती समारोह समितिको सह संयोजक सञ्जय प्रधान, महकुमा समितिको प्रचार प्रसार सचिव दिपेन्द्र सेवा लगायत अन्यहरू उपस्थित रहेका थिए।
सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले यसपाली खरसाङमा फूलपाती समारोह नौलो तरिकाले भव्य रूपमा पालन गर्नलाई फुलपाती समारोह समितिको सभा राखिएको थियो र सभामा सबैले आफ्नो आफ्नो सुझाव र परामर्शहरू दिएको पनि
जानकारी गराएका छन्। उनले यसपाली फूलपाती शोभायात्रा कार्यक्रममा खरसाङमा रहेका विभिन्न जात गोष्ठीको प्रतिनिधिहरू, दुर्गा पूजा आयोजक कमिटीका प्रतिनिधिहरू र पहाड़मा रहेका अन्य जात गोष्ठीको प्रतिनिधिहरूलाई पनि सामेल गराइने र यसको लागि आगामी केही दिनमा सबैलाई बोलाएर सभा गरिने पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement