२२औं भगवती जागरण महोत्सव सिलीगुडीमा हुने

IMG-20250925-WA0128

सिलीगुडी: उत्तर बंगालको अग्रणी धार्मिक संस्था माँ भगवती जागरण समितिले आयोजना गर्ने २२औं भगवती जागरण महोत्सव शनिबारदेखि शुरु हुँदैछ। बर्दवान रोडस्थित शिवम प्यालेसमा २७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म भव्य कार्यक्रम आयोजना हुनेछ।
शनिबार साँझ ७ बजे शुरु हुने जागरण आइतबार बिहानसम्म निरन्तर चल्नेछ। यस अवसरमा वाराणसीका संजीव शर्मा, भुवनेश्वरकी शुभांगी सोनी र कोलकाताका राहुल गहरवारजस्ता प्रसिद्ध भजन गायकले प्रस्तुति दिनेछन्। साथै कोलकाताबाट आएको विशेष टोलीले झाँकी र नृत्य-नाटिका प्रस्तुत गर्नेछ।
समितिका आयोजकहरूले यस वर्षको मण्डप सजावट विशेष आकर्षण हुने जनाएका छन्। उत्तर बंगालका शिल्पीहरूले १८ हातकी पराम्बा भगवती दुर्गाको मूर्ति, देवीका नौ रुपका मूर्तिहरू, गणेश भगवान र बालाजी महाराजका मूर्तिहरू समेत तयार पारेका छन्।
भक्तहरूको आग्रहमा यसपटक सिन्दूर थिममा आधारित सेल्फी जोन पनि बनाइएको छ। अखण्ड ज्योतिको दर्शन गर्ने र आहुति दिने व्यवस्था रहनेछ। सप्तमीदेखि नवमीसम्म खिचडी महाप्रसाद, छप्पन भोग, चना–पुरी र हलुवा प्रसाद वितरण गरिनेछ।
महासप्तमीदेखि महानवमीसम्म हरेक साँझ ७ बजे भक्तिमय नृत्य-नाटिका हुनेछ। महोत्सवको समापन विजयादशमीका दिन देवीको प्रतिमा विसर्जनसँगै हुनेछ।
२२ वर्षदेखि निरन्तर आयोजित यस भगवती जागरणलाई पूर्वोत्तर भारतकै सबैभन्दा ठूलो धार्मिक–सांस्कृतिक महोत्सवका रूपमा हेरिन्छ। यसपटक पनि १०८ सदस्यीय समिति सक्रियतापूर्वक संलग्न रहेको आयोजकहरूले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement