सरकारबाट पाउने राशन सठीक रुपमा जनताले पाउनुपर्छ – सन्तोष मोक्तान

IMG-20220923-WA0149.jpg

खरसाङ: जनताले पाउने सहुलियत सही प्रकारले पाउनुपर्छ भन्ने उद्देश्य लिएर आज तृणमूल कंग्रेसको ट्रेड युनियनका सचिव सन्तोष मोक्तान, तृणमूल चाय बगान श्रमिक युनियन खरसाङ महकुमाको सह सचिव राकेश बम्जन, गौरी शंकर ट्रेड युनियन अध्यक्ष साजन तामाङ, सिंगेल युनिट अध्यक्ष सरन लामाले आज खरसाङको खाद्यान्न विभागका विभागीय अधिकारीसित भेट गरेका छन्। उक्त भेटघाटपछि खरसाङमा पत्रकार सम्मेलन बोलाएर तृणमूल कंग्रेसको ट्रेड युनियन सचिव सन्तोष मोक्तानले पत्रकारहरूलाई सम्बोधन गर्दै विभिन्न जानकारी गराएका छन्। उनले बताए अनुसार आज विशेष गरी एउटा परिवारले ३ जना छ भने ७ केजी गरेर २१ केजी चामल पाउने अनि यदि परिवारमा ४ जना, ५ जना वा त्योभन्दा बेसी छ भने एकजाना टलाई ६ केजी गरेर दिने अधिकारीले बताएका छन्। यसको साथै आटा एउटा परिवारलाई १४ प्याकेट गरेर पाउने कुरा पनि बताएका छन् भने चिनी १३ रूपियाँ ५० पैसा गरेर वितरण गरिनु पर्ने बताएका छन्। त्यसरी नै यस पूजा अफरले यस पाली मैदा २९ रूपियाँ केजी, तेल १६६ रुपियाँ, फाल्टो चिनी ३२ रूपियाँ पर केजी पाउने भए को छ। सरकारले देशलाई डिजिटल भारत बनाउने भाषण दिन्छ तर जनता भने डिजिटल मिसिनमा हात राख्नु लाएर बिल चै म्यानल दिन्छ, यसपालीदेखि जनतालाई हातले लेखेको बिल होइन तर डिजिटल बिल नै दिएको हुनुपर्छ भनी मांग राखेका छौं र अधिकारीको पक्षबाट पनि सही रुपमा छानबीन गर्ने बताएका छन् भने कतिवटा राशन दोकान चले चामल, आटा कम्ति दिने काम गरिरहेको छ र यसको छिटो, छानबीन भएको हुनुपर्छ र यसपलीेको राशन वितरण गर्ने समयमा हाम्रो टोलीले दोकान भ्रमण गर्ने, चट अनि अब चाढैं खरसाङमा चसभा गर्ने तय भएको हुनाले जति पनि जनताको अधिकार खोज्ने अनि जनतालाई साथ दिने मानोभवहरूलाई उपस्थित भई दिने आह्वान् कमिटीको तर्फबाट गरेका छौं भनी सन्तोष मोक्तानले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement