नयाँ दिल्ली: भारतका अनुभवी ब्याडमिण्टन खेलाड़ी एचएस प्रणयले कोरिया मास्टर्स सुपर ५०० टुर्नामेण्टबाट निराशाजनक तरिकाले बिदा लिनु पऱ्यो।। म्याचमा चोटले गर्दा खेल जारी राख्न नसक्दा प्रणय रिटायर्ड हर्ट भए। प्रणयको साथमा आयुष शेट्टी र किरण जर्जले पनि आ-आफ्नो म्याच गुमाए। यसरी टुर्नामेण्टमा पहिलो दिन नै भारतको चुनौती समाप्त भयो। प्रणय इण्डोनेशियाका चिको अरा द्वी वार्डोयोविरुद्ध म्याचको पहिलो गेममा ५-८-ले पछि रहेको समय क्रस कोर्ट स्म्याश खेल्दा दाहिने करंगमा चोट लाग्यो। मेडिकल टाइमआउट लिएपछि उनले खेल शुरु गरे तर उनलाई अनफिट देखियो अनि ८-१६ को स्कोरमा प्रणयले म्याचबाट हट्ने फसेला गरे। यसरी यूएस ओपन सुपर ३००-को रूपमा वर्तमान सीजनमा बीडब्ल्यूएफ खिताब जित्ने एकमात्र भारतीय आयुष शेट्टीले चाइनीज ताइपेका सु ली यांगविरुद्ध ४७ मिनटसम्म चलेको म्याचमा १८-२१, १८-२१-ले हारको सामना गर्नु पर्यो। यसबाहेक किरण जर्जले पूर्व वर्ल्ड च्याम्पियन सिंगापुरका लोह कीन यू-लाई कड़ा चुनौती दिए पनि १४-२१, २२-२०, १४-२१-ले हारको सामना गर्नु पऱ्यो। भारतका अधिकांश स्टार खेलाड़ीहरूले नै कोरिया मास्टर्समा हिस्सा लिएनन्।