गान्तोक: सिक्किम सरकारले आगामी आगामी १ अक्टोबरदेखि पूर्व सिक्किमको भारत-चीन सिमानामा अवस्थित डोकलाम र छो–ला मार्ग आन्तरिक पर्यटनका लागि खोल्ने घोषणा गरेको छ। यस सम्बन्धमा सिक्किम सरकारको गृह विभागले हिजो एउटा अधिसूचना पनि जारी गरेको छ। यी क्षेत्रहरूमा भ्रमणको निम्ति भारतीय नागरिकहरूले मान्य मतदाता परिचयपत्रसहित दर्ता प्राप्त ट्राभल एजेन्सीमार्फत अनुमति पत्र लिनुपर्ने हुन्छ।
अधिसूचना अनुसार दैनिक २५ पर्यटक सवारी साधन र २५ बाइकरलाई मात्र प्रवेश दिइनेछ। सुरक्षार्थ सुरक्षा एस्कर्टको व्यवस्था, तोकिएको भाडा दर र पर्यावरणीय संरक्षणका मापदण्डहरू अनिवार्य पालना गर्नुपर्नेछ। यस कदमले सीमावर्ती क्षेत्रमा सुरक्षित, दिगो र जिम्मेवार पर्यटनलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।