गान्तोक: सिक्किम सरकारको राज्य बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष दीपा खत्री र अन्य सदस्यहरूले आज राज्यपाल ओमप्रकास माथुरसँग राजभवनमा शिष्टचार भेट गरे। भेटको क्रममा आयोगको टोलीले राज्यका प्रत्येक बालबालिकाको अधिकार, समग्र विकासको संरक्षण र पालनपोषण गर्ने उद्देश्यले एक वर्ष लामो अभियान “सुनौलो बचपन” शुरु गर्न लागेको जानकारी गराइन्। उनले राज्यमा बाल अधिकारको संरक्षण र प्रवर्द्धनका लागि आयोगले गरिरहेका विभिन्न पहलहरूको पनि उल्लेख गरिन्। राज्यपालले समाजमा बाल अधिकारबारेमा जागरूकता गराउन अति नै महत्वपूर्ण रहेको बताए। उनले एक वर्ष लामो जागरूकता कार्यक्रममा जागरूकता शिविर, पोस्टर अभियान, र्यानली, नारा र सडक नाटक जस्ता विभिन्न कार्यक्रम र पहलहरू आयोजना गरेर मानिसहरूलाई विद्यमान कानून र बालबालिकाको सुरक्षाबारेमा सचेत गराउने विषयमाथि प्रकाश पारे। राज्यपालले बालबालिकाको सुरक्षा र विकासका लागि कानूनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको कुरामाथि प्रकाश पारे। यसका साथै, राज्यपालले सरकार र प्रशासनसँगै बाल अधिकारको संरक्षण र बालबालिकाको कल्याण सुनिश्चित गर्न समाजका सबै वर्गको महत्त्वपूर्ण भूमिकाबारेमा जोड दिए। उनले यस सम्बन्धमा समुदाय सञ्चालित दृष्टिकोण अप्नाउन आयोगलाई निर्देशन दिएका छन्। राज्यपालले राज्यमा नशालुपदार्थको चुनौतीलाई सम्बोधन गर्न थप सहयोगी दृष्टिकोणको आवश्यकतामाथि जोड दिँदै यसमाथि विशेष ध्यान दिनुपर्ने कुरामाथि प्रकाश पारे।