मंगन: मंगन जिल्लाको जिल्ला अस्पतालको उदघाटन गर्न मंगन पुगेका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नवरात्री दुर्गा पूजामा सहभागिता जनाउँदै पूजा अर्चना गरे। मंगन दुर्गा पूजा समारोह समितिद्वारा आयोजना यस पूजामा मुख्यमन्त्री लगायत क्षेत्र विधायक साम्डुप लेप्चा साथै अन्य अधिकारी र जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।