भाजपा कार्यकर्ताहरूद्वारा विधायक बीपी बजगाईलाई स्वागत : पहाड़मा तीन स्तरीय पञ्चायत चुनाव हुनुपर्छ: विधायक बजगाईं

IMG-20220923-WA0135.jpg

खरसाङ: पश्चिम बंगाल विधान सभा सत्रमा भाग लिएर फर्केका खरसाङका भाजपा विधायक बीपी बजगाईंलाई लिन भाजपा पदाधिकारीहरू र कार्यकर्ताहरू एनजेपी पुगेका थिए। विधायक बीपी बजगाईलाई रिसिफ गर्नलाई भाजपा दार्जिलिङ जिल्ला सचिव सोनाम लामा, खरसाङ मण्डल सभापति मदन जोगी, सुकना मण्डलको सभापति अजय शर्मा र युवा मोर्चा खरसाङ टाउन कमिटीको सभापति निरपराज रणपहेंली अादि उपस्थित रहेका थिए। विधायक बीपी बजगाईलाई पार्टी कार्यकर्ताहरूले एनजेपीमा स्वागत जनाएपछि पत्रकारहरूसित कुराकानी गर्दै विधायक बीपी बजगाईले आफुले गत १४ सेप्टेम्बरदेखि २२ सेप्टेम्बरसम्म चलेको बंगाल विधान सभाको सत्रमा ६-७ वटा विषयहरूमा कुरा उठाएको बताउँदै त्यसमा तीनवटा मुख्य विषयहरूमा आफुले कुरा उठाएको बताएका छन् । उनले यस विषयमा भने, मैले हिज २२ सेप्टेम्बरको दिन बंगाल विधान सभामा पहाड़मा तीन स्तरीय पञ्चायत चुनाव हुनु पर्ने मांग गरेको छु। हामी भारतीय संविधानले दिएको अधिकारके कुरा गर्छौं अनि सारा देशमा तीन स्तरीय पञ्चायत चुनाव हुन्छ भने पहाड़मा मात्र किन दुई स्तरीय चुनाव हुन्छ? हामी मात्रै किन तीन स्तरीय पञ्चायत चुनावबाट वञ्चित छौं? हामी किन संवैधानिक अधिकारदेखि वञ्चित छौं? त्यसैले पनि पहाड़मा तीन स्तरीय पञ्चायत चुनाव हुन आवश्यक छ र यसको लागि धारा २४३ संसोधन गरिनुपर्छ। यसको लागि राज्य सरकारले नै पहल शुरु गर्दै केन्द्रलाई भन्नुपर्छ कारण जीटीए एक्टको क्लस दुईमा भनिए अनुसार जीटीएमाथि जे जति निर्णय हुन्छ राज्य सरकारले नै निर्धारण गर्छ भनी लेखिएको छ।’

विधायक बीपी बजगाईले पत्रकारहरूसित कुराकानी गर्दै बंगाल विधान सभामा पहाड़को शिक्षामा भएको भ्रष्टाचार विषयमा पनि कुरा उठाएको र पहाड़मा पढे लेखेका योग्य युवाहरूले मौका पाउनुपर्छ भनी कुरा उठाएको बताएका छन्। विधायक बीपी बजगाईले विधान सभामा गोर्खाहरूका छुटेका ११ जातिहरूलाई जनजातिको मान्यता दिनुपर्छ भनी कुरा उठाएको बताउँदै यसमा राज्य र केन्द्रलाई दोष दिनु होइन तर यस विषयमा राज्यले नै केन्द्रलाई फेरि रिपोर्ट पठाईदिने निवेदन गरेको छु भनी बताए। उनले जनजाति मामिलामा हामीले रिपोर्ट तयार पार्रहेछौं र यसमा राज्यले अनुमोदन गरेर केन्द्रलाई पठाई दिएको हुनुपर्छ भनी निवेदन गरेको बताएका छन् । उनले अघि भने, ‘यसको साथै मैले मिरिकको ग्रीन हिल एनजीओले गरेको भ्रष्टाचारको विषयमा कुरा उठाएर यस एनजीओले करोड़ौं रुपियाँ घोटाला गरेको विषयमा आवाज उठाए। यो घोटाला विषयमा स्वतन्त्र रुपमा जाँच कमिटी बनाउनुपर्छ भनी मांग गरेको छु।’
खरसाङका भाजपा विधायक बीपी बजगाईले पत्रकारहरूले सोधेका प्रश्नको उत्तर दिन्दै जीटीएमा गोर्खाल्याण्डको प्रस्ताव पारित गरिएको कुरामा खुशी रहेको तर एजेण्डा हेर्दा त्यो प्रस्ताव केवल गोर्खाल्याण्डको वार्ता सुरु गर्नलाई पो प्रस्ताव पारित गरिएको रैछ भनी बताए। उनले यस विषयमा भने, ‘उनीहरूको सम्पर्क केवल बंगाल सरकारसित मात्र छ, दिल्लीसित छैन, त्यसैले त्यो पारित प्रस्ताव लिखित रूपमा सबैको लागि सार्वजनिक गर्दै बंगाल सरकारलाई पठाए मात्र त्यो शुरु हुनसक्छ नत्र पारित गरिएको प्रस्तावको कुनै महत्व हुँदैन।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *