कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति फूटबलः मल्ली एफसी क्वार्टर फाइनलमा

IMG_20220923_185104.jpg

२३ सेप्टेम्बरः पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा आयोजित कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति च्यालेञ्ज कप नक्आउट फूटबल टुर्नामेण्टमा मल्ली एफसी-ले क्वार्टर फाइनलमा स्थान बनायो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग प्राइमरी स्कूल खेल मैदानमा शुक्रवार भएको म्याचमा मल्ली एफसी-ले कालीझोड़ा युवा परिवारलाई टाईब्रेकरमा ४-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर ३-३ रहेको थियो। नियमित समयमा मल्ली एफसी-बाट भीम प्रधानले २ अनि केवल प्रधानले १ गोल गरे। यसरी नै कालीझोड़ा युवा परिवारबाट राहुल तामाङ, सुमित छेत्री र रुपक तामाङले १-१ गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा ३६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ३० सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल २ अक्टोबरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *