शहरी विकास विभागको प्रतिनिधिमण्डल स्पेन भ्रमणमा

IMG-20250923-WA0163

गान्तोक: मन्त्री भोजराज राईको अगुवाइमा सिक्किम सरकारको शहरी विकास विभागको उच्चस्तरीय प्रतिनिधिमण्डल तीनदिने औपचारिक भ्रमणमा स्पेनको म्याड्रिड र बार्सिलोना पुगेको छ। भ्रमणको उद्देश्य शहरी प्रशासन, दिगो पूर्वाधार र समावेशी विकाससम्बन्धी नवीनतम अभ्यासबारे ज्ञान आदानप्रदान गर्नु रहेको छ।
प्रतिनिधिमण्डलमा आयुक्त–सचिव जितेन्द्र सिंह राजे, सचिव योगिता राई, गान्तोक नगर निगमका मेयर नेल बहादुर छेत्री, उप–मेयर छिरिङ पाल्देन भुटिया, प्रमुख सहर योजनाकार दिन्कर गुरुङ र गाइडेन चोपाल, अतिरिक्त सचिव हेमन्त राईलगायत अधिकारीहरू सहभागी थिए।
भ्रमणका क्रममा स्मार्ट सिटी र डिजिटल प्रशासन, दिगो यातायात, सरसफाइ तथा फोहोर व्यवस्थापन, सस्तो आवास र सहभागी शहरी योजना जस्ता विषयमा विस्तृत छलफल गरिएको थियो।
बार्सिलोनामा महानगरीय प्राधिकरणका महाप्रबन्धक रामोनले बार्सिलोनाको ‘मास्टर प्लान’ मन्त्री राईलाई हस्तान्तरण गरेका थिए। सिक्किमको नगरी विकासलाई विश्वस्तरीय अभ्याससँग जोड्ने उद्देश्यले गरिएको यस भ्रमणलाई दिगो र नागरिकमैत्री शहर निर्माणतर्फको महत्त्वपूर्ण कदमको रूपमा लिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement