अधिकारी टोलीद्वारा पेट्रोल पम्पहरुको निरीक्षण

IMG-20250923-WA0162

नाम्ची: शहरी विकास विभागले आज राभाङला बजारमा पेट्रोल पम्पहरूको निरीक्षण गरेको छ। नाम्ची विभागका उपनिर्देशक सन्तकुमार राईको नेतृत्वमा गएको टोलीले साङमो फ्युल सेन्टर र मनिराम ओयल डिस्ट्रिव्युटरले लाइसेन्स नविनीकरण नगरेको थाह पाएपछि कारवाहीको चेताउनी दिएको छ। टोलीले पेट्रोल पम्पका स्वामीलाई समयमा नै लाइसेन्स नविनीकरण गर्नका साथै विभागको नियमलाई पालन गर्नुपर्ने निर्देश दिए। यसका साथै, मणिराम तेल पेट्रोल पम्पको लाइसेन्सको जाँच गरियो। यस अवसरमा तेलको गुणस्तर र राज्य सरकारको मापदण्डअनुसार रहेको नियमबारे लजानकारी गराइएको थियो। निरीक्षण टोलीले गुनासो बक्सको अभाव र ग्राहकहरूको लागि उचित पिउने पानीको सुविधाको अभाव पाएको छ। टोलीले सबै समस्याहरूलाई शीघ्र समाधान गर्ने निर्देश दिएको छ। निरीक्षणको क्रममा टोलीले दुईवटा पेट्रोल पम्पहरूमा कुनै कमी कमजोरी नरहेको बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement