गेजिङ: राज्यमा चलिरहेको आदि कर्मायोगी अभियानअन्तर्गत ग्राम पञ्चायतका सद्स्यहरू, खण्ड विकास अधिकारी, जिल्लास्तरीय मास्टर ट्रेनर, खण्डस्तरीय मास्टर ट्रेनर्स अनि खण्डस्तरीय लाइन विभागका अधिकारीहरूबीच एक सभा सम्पन्न भयो। यस अवसरमा कूल १२ वटा विभागका अधिकारीहरूले अंशग्रहण गरेका थिए। उक्त कार्यक्रममा सहभागीहरूलाई आज प्रमाण पत्र प्रदान गरियो। यस सभाको मुख्य उद्देश्य ग्रामीण क्षेत्रका मानिसहरूमा योजनाको प्रभावकारी ढङ्गमा कार्यान्वयनबारे जानकारी गराउनु हो। सभामा सम्वन्धित विभागहरूबीच रणनीति तयार गर्ने र योजनालाई गाउँ घरमा पुऱ्याउने विषयमा छलफल गरियो। आदि कर्मयोगी अभियान एक जनसञ्चालित आन्दोलन हो जसको उद्देश्य पारदर्शिता, जवाफदेहिता र सेवा वितरणलाई प्रवर्द्धन गरेर जनजाति-बहुल क्षेत्रहरूमा शासनलाई रूपान्तरण गर्नु हो।