उत्तर जिल्लामा राष्ट्रीय पोषण माह कार्यक्रम

IMG-20250923-WA0160

मंगन: मंगन जिल्लाको नामोक स्वयेममा ग्राम पञ्चायत यूनिटमा खण्डस्तरीयरूपमा राष्ट्रीय पोषण माह पालन गरियो। कार्यक्रमको थिम बालबालिकाहरूमा देखिएको मोटोपन समस्याको समाधान गर्नु रहेको थियो। कार्यक्रमको मुख्य उद्देश्य मोटोपनबारेमा जागरूकता सिर्जना गर्नु र पोषण अभ्यासहरूलाई प्रवर्द्धन गर्नु हो। कार्यक्रममा माङसिला तिम्बुक ग्राम पञ्चायत यूनिट र नमोक स्वयेमका एफपीएसका मालिकहरूले सहभागिता जनाएका थिए। यस कार्यक्रमको एक भागकोरूपमा एक रेसिपी प्रतियोगिता आयोजना गरिएको थियो। यस प्रकारको प्रतियोगिताले सन्तुलित आहार र स्वस्थ खाना छनौटहरूको प्रवर्द्धनलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। कार्यक्रममा डीसीएसओ पाल्देन लाचुङपाले मोटोपन र फोर्टिफाइड चामलको महत्त्वमाथि जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement