नाम्ची: भारत सरकारको कृषि एवं किसान कल्याण राज्यमन्त्री भगीरत चौधरी आज नाम्ची आइपुगेका छन्। तीन दिवसीय भ्रमणको निम्ति नाम्ची आउने क्रममा उनलाई मल्ली चेकपोस्टमा जोरथाङका महकुमा अधिकारी योगेन स्याङदेन र नाम्ची जिल्लाका अतिरिक्त पुलिस अधीक्षक बिकास तिवारीले स्वागत जनाए। पूर्वोत्तर राज्यहरूमा कृषि क्षेत्रको सम्बन्धलाई सुदृढ पार्न र विकासका पहलहरूलाई प्रवर्द्धन गर्न पूर्वोत्तर सम्पर्क सेतु कार्यक्रमको एक भागको रूपमा केन्द्रीय राज्यमन्त्री २३ देखि २५ सेप्टेम्बरसम्म तीन दिनसम्म औपचारिक भ्रमण गर्नेछन्। तीन दिवसीय भ्रमणको क्रममा उनले बर्मेकस्थित कृषि विश्वविद्यालयमा बागवानी विभागद्वारा निर्माण गरिएको भवनहरूको उददघाटन कार्यक्रममा सहभागिता जनाउने छन्। उनले आइसीएर-एटीएआइआर क्षेत्र छैठौं वार्षिक क्षेत्रीय कार्यशालाको उदघाटन गर्न कार्यक्रम रहेको छ।