राज्यका विभिन्न संस्थानमा आयुर्वेद दिवस पालन

IMG-20250923-WA0157

गान्तोक: भारत सरकारको आयुष मन्त्रालयको केन्द्रीय आयुर्वेदिक विज्ञान अनुसन्धान परिषद्अन्तर्गत तादोङमा सञ्चालित क्षेत्रीय आयुर्वेद अनुसन्धान संस्थानले १०औं आयुर्वेद दिवस पालन गऱियो। ९ सेप्टेम्बेरदेखि शुरू भएको कार्यक्रमको समापन आज भयो। १५ दिवसीय लामो यस कार्यक्रममा विभिन्न गतिविधिहरू आयोजन गरिएको थियो। जसको उद्देश्य आयुर्वेदलाई बढावा दिनको साथै मानिसहरूलाई यस विषयमाथि जागरूक गराउनु हो। राज्यको विभिन्न जिल्लामा सञ्चालित आयुर्वेद आ-आफ्नो क्षेत्रमा आयुर्वेद दिवस पालन गरिएको थियो। यस अवसरमा तादोङको सरस्वती विद्या निकेतन, जालीपुलको वृद्ध आश्रम, चानमारीको ७५८ बीआरटीएफ र रानीपुलको एसएसबी मुख्यालयमा स्वास्थ्य शिविर आयोजन गरियो। जसमा रोगीहरूलाई निःशुल्क जाँचसँगै औषधि वितरण गरियो। उक्त शिविरबाट चारसय भन्दा अधिकले लाभ उठाएका छन्। समग्र पोषण र स्वस्थ जीवनलाई प्रवर्द्धन गर्न, स्कूलका विद्यार्थीहरू, महिलाहरू र ज्येष्ठ नागरिकहरूलाई आयुर्वेदमा आधारित आइइसी सामग्रीहरूसहित पोशाकहारा किटेसहरू वितरण गरिएको थियो। ताडोङको बहाई स्कूलमा पनि विभिन्न गतिविधिहरू सञ्चालन गरियो। पाँच दिवसीय औषधीय वनस्पति प्रदर्शनी र मिनी-एक्स्पो आयोजना गरिएको थियो। जसले ठूलो संख्यामा विद्यार्थीहरू र शिक्षकहरूलाई आकर्षित गरे। युवा पुस्तालाई संलग्न गराउन, बहाई स्कूलमा ३० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागितामा निबन्ध र पोस्टर प्रतियोगिताहरू आयोजना गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement