१४ नोभेम्बरको दिन सुकनामा हुने फाइनल
मङ्पु: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्राथमिक शिक्षा विभागको आयोजनामा भईरहेको प्राथमिक पाठशाला स्तरीय प्रश्नोत्तर प्रतियोगिता अन्तर्गत जीटीए क्षेत्रको १२ वटा सर्कलहरुलाई लिएर सम्पन्न भएपछि अन्तिम प्रश्नोत्तर प्रतियोगिता मङ्पुमा सम्पन्न भएको छ। मङ्पुको रवीन्द्रनाथ स्मारक भवनमा सम्पन्न प्राथमिक पाठशाला स्तरीय प्रश्नोत्तर प्रतियोगिता सम्पन्न भएपछि जीटीए क्षेत्रको १३ वटा क्षेत्र अथवा सर्कलहरुलाई लिएर सर्कल स्तरीय प्रतियोगिता सम्पन्न भईसकेको छ। उक्त प्रतियोगिता अन्तर्गत जीटीए क्षेत्र अन्तर्गत गोरुबथान, कालेबुङ, दार्जिलिङ, खरसाङ, सोनादा, मिरिक, रंगली रंगलीयट, लोधोमा, पुल बिजनबारी सर्कल हुँदै मङ्पुमा आएर अन्तिम सर्कल स्तरीय प्रश्नोत्तर प्रतियोगिता सम्पन्न भएको छ। यस अन्तिम सर्कल स्तरीय प्रश्नोत्तर प्रतियोगितामा प्रमुख अतिथिको रुपमा कार्यकारी सभासद रतन थापा, विशिष्ट अतिथिको रुपमा जीटीएको डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहान, प्राथमिक शिक्षा विभागको दार्जिलिङ जिल्ला अध्यक्ष तिलकचन्द्र रोका, दार्जिलिङको जनसम्पर्क अधिकारी विज्ञान मिश्र, एसआई, एएसआई, बोर्ड सदस्यहरु, पूर्व शिक्षक शिक्षिका र वर्तमान शिक्षक शिक्षिकाहरु उपस्थित रहेका थिए। अतिथिहरुका बाहुलीबाट धुप दीप प्रज्ज्वलन गरी थालिएको कार्यक्रममा स्वागत सम्भाषण मङ्पु क्षेत्रका उप परिदर्शक अब्दुस सलामले राखेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित कार्यकारी सभासद रतन थापा, विशिष्ट अतिथिको रुपमा उपस्थित जीटीएको डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहान, प्राथमिक शिक्षा विभागको दार्जिलिङ जिल्ला अध्यक्ष तिलकचन्द्र रोका, शिक्षक अरुण घतानी आदिले सम्बोधन गरेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन अजय छेत्रीले राखेका थिए। मङ्पुमा भएको अन्तिम प्रश्नोत्तर प्रतियोगितासितै जीटीए क्षेत्रमा रहेको १३ वटै सर्कलहरुमा प्रश्नोत्तर प्रतियोगिता सम्पन्न भएको छ र अब अन्तिम फाइनल आगामी १४ नोभेम्बरमा बाल दिवसको दिन सुकनामा सम्पन्न हुने भएको छ। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै प्रदीप सुब्बाले मङ्पुमा अन्तिम सर्कल स्तरीय प्रश्नोत्तर प्रतियोगिता सम्पन्न भएपछि जीटीए क्षेत्रको १३ वटा सर्कलहरुलाई लिएर प्रश्नोत्तर प्रतियोगिता सम्पन्न भईसकेको र अब फाइनल सुकनामा सम्पन्न हुने भएको जानकारी गराएका छन्।

उनले मङ्पुमा आयोजित अन्तिम प्रश्नोत्तर प्रतियोगिताबाट निर्णायकहरुले चारजना नानीहरुलाई फाइनलको लागि चयन गरेको र अब नानीहरुले आफ्नो सर्कललाई प्रतिनिधित्व गर्दै सुकनामा हुने फाइनलको दिन प्रतियोगितामा भाग लिने जानकारी गराएका छन्। उनले यो प्राथमिक पाठशाला स्तरीय प्रश्नोत्तर प्रतियोगिता गत ४ सेप्टेम्बरदेखि गोरुबथानबाट शुरु भएर आज मङ्पुमा अन्तिम सर्कल स्तरीय प्रश्नोत्तर प्रतियोगिता सम्पन्न भएको बताएका छन्।