दुई वर्षसम्म बन्द रहेर खोलिएको खरसाङको अम्बटे चियाबारीका श्रमिकवर्गले वर्ष २०२१ को बोनस १९ प्रतिशत अनि एरियर पनि पाएको जानकारी

IMG-20250923-WA0152

खरसाङ: प्रायः दुइवर्षसम्म बन्द रहेको खरसाङको अम्बटे चियाबारी गत २१ जुलाई २०२५ देखि खोलिएको हुँदा यस वर्ष त्यहाँका श्रमिकहरूले २०२१ को बोनस उन्नाइस प्रतिशतले पाए अनि एरियर पनि पाएको जानकारी प्राप्त भएको छ। १० अगस्त २०२२ देखि बन्द भएपछि एकाएक चियाबारी अनि त्यहाँका श्रमिकहरूको अवस्था सोचनीय अनि दयनीय बनेको थियो। यसलाई लिएर बगान खोलाउनको निम्ति जीटीए प्रमुख कार्यपाल अनित थापाले यहाँका विभिन्न राजनैतिक दलसँग आबद्ध रहेका श्रमिक सङ्गठनहरूको समूह कोअर्डिनेशन कमिटीसँग बैठकहरू पनि गरेका थिए भने बगान खोलाउने दिशामा पहल शुरू गरेका थिए। अन्य राजनीतिक दलहरूले पनि यसमा कार्य गरे, फलस्वरूप गत २१ जुलाईदेखि बगान खोलिएको थियो। अहिले यहाँ धमाधम पत्ती टिपाइको कार्य र चियापत्ती निर्माणको कार्य पनि भइरहेको छ।

यस सन्दर्भमा आफ्नो खुशी व्यक्त गर्दै स्थानीय एकजना श्रमिकले बगान खोलिएकोमा उनीहरू धेरै खुशी भएको जनाइन्। उनले बगान खोलाउनको निम्ति सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन्।

त्यसबाहेक हाल बगान कसरी सञ्चालन भइरहेछ औ कति चियापत्ती निर्माण भइरहेछ यसबारे स्थानीय कार्यालय कर्मचारी बीपी शर्माले विस्तृत जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement