खरसाङ: लगातार धरना, जुलूस र गेट मिटिङपछि आज खरसाङको लङभ्यू चिया बगानमा श्रमिकहरूले बीस प्रतिशत बोनस पाएका छन्। अब स्टाफहरूको बोनस चाडो दिनु पर्ने हिल प्लान्टेसन इम्प्लोइज युनियनको माग गरेका छन्। सरकारले बीस प्रतिशत बोनस दिनु पर्ने एडभाइजरी जारी गरे तापनि लङभ्यू चिया बगान मालिकले १० प्रतिशत मात्र दिने कुरामा श्रम आयोगलाई पत्रचार गरेको थियो। कम्पनीको यस प्रकारको पत्र सार्वजानिक हुन साथ हिल प्लान्टेसन इम्प्लोइज युनियनले धरना, जुलूस र गेट मिटिङ शुरू गरेको र यसको स्वरूप कम्पनीले २० सितम्बरसम्म २० प्रतिशत बोनस हालिदिने नोटिस जारी गरेको दावी गरिएको छ। तर नोटिस अनुसार बोनस हालिदिएन, त्यसैले हिल प्लान्टेसन इम्प्लोइज युनियन, लङभ्यू शाखाको अगुवाईमा गेट मिटिङ, धरना, जुलूस, रोड ब्लक जस्ता कार्यक्रमहरू गरेर आज सम्पूर्ण चिया श्रमिकहरूले २० प्रतिशत बोनस पाएका छन्। अब स्टफहरूको बोनसको लागि प्रबन्धकले झट्ट पहल गर्नु पर्ने शाखा उपाध्यक्ष सजिना योञ्जनले माग गरेकी छन्।