खरसाङको स्कट मिशन स्कूलमा विद्यार्थीहरुद्वारा वार्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न

IMG-20250923-WA0149

खरसाङ: खरसाङको स्कट मिशन स्कूलमा वार्षिक प्रदर्शनी ( एनुयल एक्जिबिशन) कार्यक्रम सम्पन्न भएको छ। स्कूलका विद्यार्थी नानीहरुले शिक्षाबाहेक पनि आफ्नो बौध्दिक ज्ञान बढाउने तथा शिक्षाको गरिमालाई अझ स्तरीय रुपमा अघि लालाई यो वार्षिक प्रदर्शनी राखिएको बताइएको छ‌। विद्यार्थी नानीहरुले आफ्नो सिर्जनात्मक क्रियाकलाप खेलाउँदै विभिन्न विषयहरुमा वार्षिक प्रदर्शनी स्कूल परिसरमा आयोजना गरिएको छ। विशेष गरेर विद्यार्थीहरुले नेपाली, अंग्रेजी, इतिहास, भूगोल, विज्ञान, गणित, शारीरिक शिक्षा, कर्म शिक्षा लगायत विभिन्न विषयहरुमा प्रदर्शनी गरेका थिए। यस अवसरमा उपस्थित अतिथिहरुले विद्यार्थी नानीहरुले गरेका विभिन्न विषयहरुका प्रदर्शनीमा विद्यार्थीहरुले आफ्नो आफ्नो विषयमा ब्याख्या गरेका थिए‌। किताबी ज्ञानबाहेक पनि विभिन्न सिर्जनात्मक क्रियाकलापहरुमा विद्यार्थी नानीहरुलाई सक्रिय रुपमा सामेल गराएर व्यवहारिक ज्ञान प्रदान गर्नुको साथै विद्यार्थी नानीहरुलाई बोल्न र अतिथिहरु समक्ष विभिन्न विषयमा बोल्न लगाइएको थियो। यस वार्षिक प्रदर्शनी विषयमा पत्रकारहरुसित कुराकानी गर्दै स्कट मिशन स्कूलकी सह शिक्षिका दिपशिखा खालिङले स्कूलकी प्रधान अध्यापिकाको अगुवाईमा स्कूलमा वार्षिक प्रदर्शनी आयोजना गरिएको र विद्यार्थी नानीहरुले आयोजनामा गरेको यस प्रदर्शनीमा अतिथिहरु उपस्थित भएर नानीहरुलाई हौसला प्रदान गरेकोमा स्कूलको तर्फबाट आभार प्रकट गरेकी छन्। उनले विद्यार्थीहरुले विभिन्न विषयमा प्रदर्शनी राखेको र यो शिक्षाको ठोस विषय मात्र नभएर व्यवहारिक ज्ञान र विद्यार्थीहरुलाई धेरै राम्रो अनुभव लिन सकेको बताएकी छन्।

शिक्षिका दिपशिखा खालिङले यो प्रदर्शनीले विद्यार्थी नानीहरुको बौध्दिक विकासमा ठूलो सहयोग गर्ने आशा व्यक्त गरिन्। उनले अहिलेको समयमा विद्यार्थी नानीहरुलाई शिक्षासितै यस्तो प्रदर्शनी एकदमै आवश्यक रहेको पनि बताएकी छन्।
त्यसरी नै स्कूलका पूर्व विद्यार्थी एंव कार्यक्रमका एकजना अतिथिले विद्यार्थी नानीहरुले गरेका यस प्रदर्शनीको‌ सराहना गर्दै विद्यार्थीहरुलाई सिकाउने शिक्षिकहरुलाई पनि बधाई दिएका छन्। उनले भविष्यमा पनि विद्यार्थीहरुले‌ यसरी नै उन्नति गर्दै जाने शुभकामना दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement