नयाँ दिल्ली: हकी इण्डियाले ११ अक्टोबरदेखि मलेशियामा हुने सुल्तान जोहोर कप हकी टुर्नामेण्टको निम्ति भारतीय टीमको घोषणा गऱ्यो। डिफेण्डर रोहितले टीमको कप्तानी गर्नेछन्। टुर्नामेण्टको गत संस्करणमा भारतले काँस्य पदक जितेको थियो। टुर्नामेण्ट १८ अक्टोबरमा समाप्त हुनेछ अनि यो २८ नोभेम्बरदेखि १० दिसम्बरसम्म चेन्नई र मदुरैमा हुने जूनियर वर्ल्ड कपको तयारीको निम्ति महत्त्वपूर्ण हुनेछ। टुनमिण्टमा भारतको पहिलो म्याच ११ अक्टोबरमा ब्रिटेनविरुद्ध रहेको छ। त्यसपछि १२ अक्टोबरमा न्यूजील्याण्डविरुद्ध, १४ अक्टोबरमा पाकिस्तानविरुद्ध, १५ अक्टोबरमा अष्ट्रेलियाविरुद्ध र १७ अक्टोबरमा मलेशियाविरुद्ध म्याच रहेको छ। राउण्ड रोबिन चरणपछि शीर्ष दुईवटा टीमले १८ अक्टोबरमा खेलिने फाइनलमा स्थान बनाउनेछ। भारतीय टीमका प्रशिक्षक पीआर श्रीजेशले भने, हामीसँग असल टीम रहेको छ अनि जूनियर विश्व कपको तयारीहरूलाई ध्यानमा राखेर यो टुर्नामेण्ट महत्त्वपूर्ण हुनेछ।
सुल्तान जोहोर कप हकी टुर्नामेण्टको निम्ति भारतीय टीम यसप्रकार छः
गोलकीपरः बिक्रमजीत सिंह, प्रिन्सदीप सिंह। डिफेण्डरः रोहित (कप्तान), तालेम प्रियव्रत, अनमोल एक्का, आमिर अली, सुनील पीबी, रवनीत सिंह। मीडफिल्डरः अंकित पाल, टी इन्गेलम्बा लुवांग, अद्रोहित एक्का, अराइजीत सिंह हुण्डल, रोशन कुजूर, मनमीत सिंह। फरवर्डः अर्शदीप सिंह, सौरभ आनन्द कुशवाहा, अजीत यादव, गुरजोत सिंह। स्ट्याण्डबाईः विवेक लाकड़ा, शारदानन्द तिवारी, टी किंगसन सिंह, रोहित कुल्लू, दिलराज सिंह।