मुम्बई: जमैकाका महान धावक उसैन बोल्ट १ अक्टोबरमा एउटा प्रदर्शनी फूटबल म्याचमा हिस्सा लिन भारत आउनेछन्। ओलम्पिकमा ८ वटा स्वर्ण पदक जित्ने महान एथलीट बोल्टले बेंगलुरु एफसी र मुम्बई सिटी एफसीको निम्ति एक-एक हाफमा खेल्नेछन्। म्याचमा दिग्गज फूटबल खेलाड़ीहरूका साथमा बलिवुड स्टारहरूलाई पनि खेलिरहेको देखिनेछ। उनी ३० सेप्टेम्बरदेखि शुरु भइरहेको प्यूमा-को दुईदिने उत्सवको क्रममा भारत आइरहेका छन्। म्याचको आनन्द लिन प्रशंसकहरूले टिकट खरीद गर्नु पर्नेछ। प्यूमा भारतका प्रबन्ध निदेशक कार्तिक बालागोपनले भने, खेलहरूमा समुदायहरूलाई प्रेरित गर्ने अनि एकजुट गर्ने ताकत रहेको हाम्रो सोच रहेको छ। फूटबल भारतीय युवाहरूमा सबैभन्दा लोकप्रिय खेलहरूमा एउटा हो। यसैकारण उसैन बोल्टलाई यहाँ फूटबल खेल्न आमन्त्रित गरेर हामी खुशीयाली मनाउन चाहन्छौं।उल्लेखनीय छ, बोल्टको नाममा पुरुषहरूका १०० र २०० मीटर दौड़को वर्ल्ड रेकर्ड रहेको छ।