राज्यपाल पुगे शोकाकुल विधायकको घर

IMG-20250922-WA0158

गान्तोक: राज्यपाल ओमप्रकाश माथुरले आज नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रका विधायक सतीशचन्द्र राईको घरमा पुगेर संवेदना प्रकट गरे। केही दिनअघि मात्र विधायक राईको धर्मपत्नी बिनुमाया शर्माको असमायिक निधन भएको थियो। राज्यपालले विधायकलाई भेटेर यस अपूरणीय क्षतिप्रति संवेदना प्रकट गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गरे। राज्यपालले शोकसन्तप्त परिवारलाई धैर्य राख्ने प्रार्थना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement