अरुणाचल प्रदेशको जीरो फेस्टिभलमा सिक्किमको सहभागिता

IMG-20250922-WA0157

मुख्यमन्त्रीले गरे १७० सदस्यीय प्रतिनिधि टोलीलाई फ्ल्याग अफ्

गान्तोक: अरुणाचल प्रदेशमा २५ देखि २८ फरवरीसम्म आयोजना हुने प्रसिद्ध जीरो फेस्टिभलमा सिक्किम राज्यले सक्रिय सहभागिता जनाउने भएको छ। उद्यमी, स्वंय सहायता समूहका सदस्यहरू, मोटरबाइक क्लबका सदस्यहरू साथै सम्बन्धित विभिन्न विभागका अधिकारीहरू अनि पत्रकारहरूको १७० जनाको जम्बो टोलीलाई आज गान्तोकबाट मुख्यमन्त्री प्रेमसिंह तामाङले विधिवत रुपमा फ्ल्याग गरे।
फेस्टीभलमा सिक्किमले आफ्नो संस्कृति, परम्परा, कला, खानपिन अनि अन्य प्रतिभाहरूको प्रदर्शनी गर्ने बताइएको छ।
उल्लेखनीय छ, यसरी नै नागाल्याण्डको हर्नबील फेस्टिभलमा पनि सिक्किमले सहभागिता जनाएको थियो।
मुख्यमन्त्री तामाङले पनि मन्त्रीमण्डलका सदस्यहरूसित फेस्टिभलमा सहभागिता जनाउने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement