ग्रामीण जिविकापोर्जन मिशनमाथि कार्यशाला

IMG-20250922-WA0155

मंगन: मंगन खण्ड मिशन विकास प्रबन्धन यूनिटले राज्य ग्रामीण जीविकापोर्जन मिशनअन्तर्गत भिलेज प्रोस्पेरिटी र रेसिडेन्स योजनामाथि आज एक दिवसीय प्रशिक्षण कार्यक्रम आयोजन गऱ्यो। राष्ट्रीय ग्रामीण जिविकापोर्जन मिशनद्वारा आयोजित यस पहलको उद्देश्य राज्यभरिका स्वयं सहायता समूहको लागि सहयोग सेवाहरू सुदृढ पार्न विभिन्न लाइन विभागहरूसँग तालमेल राखेर मिशनलाई सफल बनाउनु रहेको हो। कार्यक्रममा शिक्षा विभागका उपनिर्देशक तोप्देन लेप्चा मुख्य अतिथिकारूपमा उपस्थित रहेका थिए। साथमा पञ्चायत अध्यक्ष, जिल्ला सदस्यहरू अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो। जसले सहभागीहरूलाई प्रभावकारीढङ्गमा अघि बढाउने विषयमाथि छलफल गरियो। यस प्रशिक्षण कार्यक्रमले स्थानीयहरूको गतिविधिहरूलाई बढावा दिन यसलाई खण्डस्तरमा सञ्चालन गर्ने भूमिकामाथि जोड दिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement