गान्तोक: सिक्किम विधानसभा उपाध्यक्ष राजकुमारी थापाको समन्वयमा तथा पार्टी कार्यकर्ताहरूको श्रमदानमा राङगाङ याङगाङ समष्टिअन्तर्गत अप्पर दोजक वार्डको राभोङ खोप जीपीयू निवासी अम्बर मगरको नवनिर्मित घरको उद्वघाटन गरियो। यसरी पक्का घर निर्माणमा लाभार्थीले आभार व्यक्त गरेका छन्। यसरी सहयोगी हातहरू बढाएर गरीब जनताको घर निर्माण गर्नमा योगदान पुऱ्याउने क्षेत्र विधायक तथा विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा, मुख्यमन्त्रीका राजनैतिक सचिव विकास बस्नेतलगायत एसकेएम पार्टीका कार्यकर्ताहरूप्रति आभार व्यक्त गरेको छ। उल्लेख्य छ, सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका कार्यकर्ताहरूले आफ्नो जिम्मेवारीलाई ध्यानमा राख्दै गाउँ समाजमा परेका समस्याहरूलाई सरकारमा मात्र भर नपरेर श्रमदानमार्फत समाधान गर्ने कार्यमा लागिपरेका छन्। राज्यव्यापी रूपमा यसरी निःश्वार्थ रूपमा गाउँ समाज निर्माणमा लागिपर्ने प्रतिवद्धता देखाएका छन्।