राजधानीमा अव्यवस्थित केबल तारहरू हटाउने कार्य शुरु

IMG-20250922-WA0153

गान्तोक: गान्तोक जिल्लाका सहायक जिल्लापाललगायत अधिकारीहरुको एक टोलीले आज एमजी मार्गदेखि पाल्जोर स्टेडिय़मसम्म अव्यवस्थित केबल तारहरूलाई व्यवस्थित गर्ने कार्यलाई लिएर निरीक्षण गऱ्यो। उल्लेखनीय छ, राजधानी वरिपरि केबल तारहरूको अव्यवस्थित रूपलाई व्यवस्थित पार्न यस प्रकारको अबियान चलाएको हो। यसले शहरको सुन्दरीकरणमा केही बाधा पुऱ्याएको विषयमाथि ध्यानमा राख्दै व्यवस्थित गर्न निरीक्षण गरिएको हो। निरीक्षणको क्रममा सहायक जिल्लापालले सम्वन्धित निकायलाई शीघ्र केबल तारहरूको व्यवस्थापन गर्ने निर्देश दिएका छन्। एमजी मार्गस्थित ठाकुरबाढी मन्दिरको नजिक रहेको फ्लाइ ओभरमा अव्यवस्थित ढङग्मा रहेको तारहरूलाई बाँधेर एकत्रित गर्ने निर्देष दिएको छ। यसरी नै हस्पिटल डाँड़ा क्षेत्रमा इन्टरनेट सेवा उपलब्धकर्ताहरूलाई केबल अनावश्यक तारहरू व्यवस्थित गर्ने निर्देश दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement