रम्फू: मानव उत्थान सेवा समिति सिक्किम राज्यद्वारा ६ जिल्लाका दस तहसीलहरूमा श्री सतपाजी महाराजको ७४औं जन्मोत्सव श्र्द्धा एवें भक्तिभावपूर्वक पालन गरियो। यसअन्तर्गत गान्तोक, रम्फू, मंगन, राभाङला, नाम्ची, सुम्बुक, दरमदिन, जोरथाङ, गेजिङ अनि पाकिममा भक्ति कार्यक्रम आयोजन गरियो। बिहान सबै तहसीलहरूको आफ्नो आश्रममा पण्डितहरूद्वारा वैदिक मन्त्रोचारण साथ यज्ञ, हवन, पूजा र अर्चना गरिएको थियो। आफ्नो इष्टदेव गुरुमहाराजजीको निम्ति सन्त -महात्मा लगायत प्रेमी भक्तजनले अष्ट चिरञ्जीवी, सुस्वास्थ्य र दीर्घायुको कामनासंगै उपवास गरियो। कार्यक्रमको दोश्रो चरणमा विभिन्न तहसीलहरूद्वारा ब्यानर, प्लेकार्डको साथ शोभायात्रा निकालिएको थियो भने यात्रामा भजन कृतनको साथमा सतपालजी महाराजजीबारेमा जानकारी दिइयो। सतपालजी महाराजको एउटै नारा-जागो भारत देश हमारा जस्ता बुलन्द नाराले शहर बजार गुञ्जायमान भएको थियो।
कार्यक्रमको तेस्रो चरणमा सबै तहसीलहरूमा सत्संग प्रवचनको आयोजन गरेको थियो भने सन्त-महात्मा लगायत श्रोत वक्ताहरूले श्री गुरुमहाराजजीको जीवनी,शिक्षा, योगदान, आध्यात्मिक एवं सामाजिक पञ्जीकृत संस्थान मानव उत्थान सेवा समिति तथा मानव धर्मको प्रचार प्रसारमाथि प्रकाश पारेका थिए। गुरुमहाराजजीको जन्मदिनको उपलक्ष्यमा तहसीलहरूले विभिन्न क्षेत्रमा योगदान पुऱ्याउने व्यक्ति, सामितिका वयोवृद्ध संस्थापक सदस्यहरूलाई अभिनन्दन जनाइएको थियो। बालसभाद्वारा नाटक-नृत्य आदि प्रस्तुत गरेका थिए। भजन कलाकारद्वारा भजन प्रस्तुतद्वारा कार्यक्रम भक्तिमय बनाएका थिए। श्री गुरुमहाराजजीको ७४औं जन्मदिनको उपलक्ष्यमा सामितिले देशव्यापी नि:शुल्क स्वास्थ्य जाँच शिविरको पनि आयोजन गरेको थियो। सिक्किम राज्यले पनि यसको पालना गर्दै सफाई अभियानसहित रक्तदान शिविर आयोजन गरेको थियो।