सिलगढी: भानुनगर इलाकाको एउटा घरमा गत राती ग्यास सिलेन्डरबाट आगलागी हुँदा घर जलेर खरानी भएको छ। यस आगलागीमा कसैको ज्यानलाई भने कुनै प्रकारको क्षति नपुगेको बताइएको छ। आगलागीको खबर पाएर दमकलको इञ्जिन घटनास्थलतर्फ गइहाले तापनि बाटो सानो भएकोले दमकलको इञ्जिन घटनास्थलसम्म पुग्न सकेन। यसपछि स्थानीय मानिसहरूको सहयोगमा आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याए तापनि आगलागीमा सम्पूर्ण घर जलेर खरानी भएको छ। पीडित परिवारका सदस्यहरूले बताए अनुसार ग्यास जलाउन साथ सिलेन्डरमा आगो लाग्दा घर सहित सर-समानहरू जलेर खरानी भएको हो भने आगलागीको घटनामा धेरै रुपियाँको क्षयक्षति भएको छ।










