खरसाङमा स्व. एलटी सिंह सार्की र स्व. सुकमाया सार्की मेमोरियल ओपेन गर्ल्स फुटबल टुर्नामेन्ट शुरु

photocollage_20259222189686

जेआर ३२ र मिलनमोड सेमी फाइनलमा पुग्न सफल

खरसाङ: खरसाङ महकुमा खेलकूद संघको आयोजनामा आजदेखि स्व. एलटी सिंह सार्की र स्व. सुकमाया सार्की मेमोरियल ओपेन गर्ल्स फुटबल टुर्नामेन्ट शुरु भएको छ। खरसाङको डब्ल्युबीएनभीएफ खेल मैदानमा आयोजना भईरहेको यस ओपन गर्ल्स फुटबल टुर्नामेन्टको पहिलो म्याच जेआर ३२ खरसाङ र खरसाङ गर्ल्स फुटबल एकाडेमीमाझ सम्पन्न भएको छ। यस म्याचमा जेआर ३२ को तर्फबाट जर्सी नम्बर ९ शबनम राईको ह्याट्रिकसहित ४ गोलको दममा सजिलै जीत हाँसिल गरेको छ‌। शबनम राईले पहिलो हाफको खेलमा दुई गोल अनि दोस्रो हाफको खेलमा पनि दुई गोल गरेका थिए। त्यसरी नै खरसाङ गर्ल्स फुटबल एकाडेमीको तर्फबाट अन्तिम समयमा एक मात्र गोल जर्सी नम्बर १७ साईनामी खवासले गरेका थिए। यस म्याचमा जेआर ३२ खरसाङले ४-१ को अन्तरले खेल जितेर सेमी फाइनलमा पुगेको छ। अब सेमी फाइनलमा जेआर ३२ खरसाङको भीडन्त दार्जिलिङसित हुने भएको छ। दोस्रो खेल मिलनमोड फुटबल एकाडेमी र खरसाङ फुटबल एकाडेमीमाझ सम्पन्न भएको छ। यस खेलको शुरुदेखि नै मिलनमोडले गोल गर्न शुरु गरेका थिए। मिलन मोडको तर्फबाट शुरुमा नै जर्सी नम्बर १४ सुजता टोपोले दुई गोल गरेर बढत बनाएका थिए। त्यसरी नै मिलनमोडको तर्फबाट जर्सी नम्बर ८ निकिता सोनी, जर्सी नम्बर ९ देविका उराव, जर्सी नम्बर ६ रितु खाल्डोले भटाभट गोल पहिलो हाफमा नै ५-१ ले अग्रता लिएको थियो। दोस्रो हाफको खेलमा पनि मिलनमोडको तर्फबाट जर्सी नम्बर १६ ले अझ एक गोल गरेका थिए भने खरसाङ फुटबल एकाडेमीको तर्फबाट जर्सी नम्बर ७ भूमिका राईले एक गोल गरेका थिए। मिलनमोड फुटबल एकाडमीले यो खेल ६-१ को अन्तरले सजिलै जितेर सेमी फाइनलमा प्रवेश गरेको छ। अब सेमी फाइनलमा मिलनमोड फुटबल एकाडेमीको खेल देवञ्जन गर्ल्स फुटबल एकाडेमीमाझ हुने भएको छ।‌ दुवै सेमी फाइनल खेल आगामी 28 सेप्टेम्बरको सम्पन्न हुने भएको छ।‌ फाइनल खेल पनि उक्त दिन नै सम्पन्न हुने भएको छ। यस म्याचमा अतिथिको रुपमा डब्ल्युबीएनभीएफको प्रशासन अफिसर सुजयकुमार बर्मन, खरसाङ महकुमा खेलकूद संघको सभापति मोहन योञ्जन र मुख्य संरक्षक टीटी लामा उपस्थित रहेका थिए‌। यी खेलहरु खरसाङ महकुमा खेलकूद संघको आयोजनामा हुने विभिन्न खेलकूद तालिका अनुसार आयोजना भईरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement