सिलगढी: सीपीआईएम-ले आज उप कुलपतिले पदत्याग गर्नुपर्ने माग गर्दै विक्षोभ प्रदर्शन गर्यो। ज्ञात रहोस गत ४ दिनदेखि उत्तरबंग विश्वविद्यालयका उप कुलपति सुबिरेस भट्टाचार्य सीबीआईको हिरासतमा छन्। यसैले आज सीपीआईएम-ले उप-कुलपतिलाई हटाउने माग गर्दै विरोध सभाको आयोजना गर्यो। सीपीआईएम का कर्मचारी तथा समर्थकहरूले आज उत्तरबंग विश्वविद्यालयको २ नम्बर गेट अघि विक्षोभ प्रदर्शन गरे। घटनालाई केन्द्र गरेर व्यापक उत्तेजनाको माहौल देखापर्यो। आजको विक्षोभ प्रदर्शन अवधि सीपीआईएम जिल्ला सचिव समन पाठक, सिटु सभापति गौतम घोष, तापस सरकार लगायत अन्य उपस्थित थिए। उप-कुलपतिले चाँडै पदत्याग नगरेको खण्डमा आगामी दिनमा वृहत् आन्दोलन गर्ने सिटु सभापति गौतम घोषले चेताउनी दिएका छन्।










