श्री सतपालजी महाराजको जन्म‍‍ोत्सव पालन

IMG-20250922-WA0142

सोनादा: मानव उत्थान सेवा समिति सिलगढी र विजयनगर तहसिलको तत्वावधानमा एवं शास्त्रीनगर शाखाको सक्रियतामा श्री हंसबेला आश्रम सिलगढीमा सदगुरुदेव श्री सततपालजी महाराजजीको ७४औँ जन्मोत्सव कार्यक्रम महात्मा देवा बाइजीको अध्यक्षतामा सम्पन्न भयो। महात्मा देवा बाइजी लगायत मानव उत्थान सेवा समिति सिलगढी तहसील प्रभारी महात्मा महेश्वरी बाइजी, विजयनगर तहसिल प्रभारी महात्मा महात्मा दक्षिणा बाइजी महात्मा सुलोचना बाइजी महात्मा धर्मानन्दजी आदिको करकमलबाट दीप प्रज्वलन एवं श्री महाराजजीको तस्बिरमा माल्यार्पण भई शुभारम्भ भएको कार्यक्रममा शास्त्रीनगर शाखाका सचिव श्री नवीन छेत्रीले स्वागत वक्तव्य दिएका थिए। समितिका तराई डुवर्स भाग १ का जिल्ला सचिव ज्योति थापाद्वारा सञ्चालित आजको कार्यक्रममा सदगुरुदेव श्री महाराजजीको जीवन लीला एवं अध्यात्मको माध्यमद्वारा राष्ट्रको निर्माणमा उनले दिएको उल्लेखनीय योगदानहरूको बारेमा महात्मा धर्मानन्दजीले हिन्दीमा, महात्मा दक्षिणा बाइजीले साद्री भाषामा अनि महात्मा सुष्मा बाइजी र महात्मा देवा बाइजीले नेपाली भाषामा सारगर्भित विचारहरू राखेका थिए। समारोहमा समितिका उत्तर पुर्वाञ्चल क्षेत्रका सांस्कृतिक विभागका प्रभारी बिमल राईको नेतृत्वमा बाल कलाकार विनेश राई , अश्विनी शर्मा, लगायत शवेता राई, अनुराग सुब्बा, मनिषा, सुदिता राई, राज विश्वकर्मा साथै अन्य उत्कृष्ट कलाकारहरूले सुमधुर भजनहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा सिमलबारी शाखा अनि सुकना सालबारी शाखाका बालसभाका कलाकारहरूले नृत्यसँगै गुरु महाराजजीलाई जन्मदिनको बधाई र शुभकामना दिँदै उनको विलक्षण प्रतिभाको जानकारी दिदैँ प्रस्तुति दिएका थिए। यसै कार्यक्रममा समितिका बालसभाका नानीहरू जसको बालसभाको उमेर सीमा पूरा भएकोले उनीहरूलाई आजदेखि युवा प्रकोष्टमा भर्ना गरिएको कुरो युवा प्रकोष्टका संयोजिका श्रीमती निमु शेर्पाले जानकारी दिँदै ती नानीहरूलाई बालसभा पूरा गरेकोमा सन्त महात्माहरूको बाहुलीबाट प्रमाणपत्र पनि वितरण गरेका थिए। श्री गुरु महाराजजीको जन्मोत्सवलाई केन्द्र गरेर सप्ताह दिनअघिदेखि देशव्यापी रुपमा भइरहेको निःशुल्क स्वास्थ्य जाँच शिविर तथा रक्तदान शिविर गर्ने क्रममा सिलगढी र विजयनगर
तहसिलले गत हप्ता डाक्टर करण जोशीको नेतृत्वमा मानव धर्म आश्रम उत्तर पलास मजुवा गाउँमा एक निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेका थिए। उक्त स्वास्थ्य शिविरलाई सुचारु रुपले सम्पन्न गर्नलाई सहयोग पुर्‍याउनु पुर्याएबापत सिलगढीका एक निजी चिकित्सा प्रशिक्षण केन्द्र एपही सिलगढीका डाक्टरहरूलाई निम्त्याएर आज कृतज्ञता ज्ञापन गरिएको थियो। उक्त कृतज्ञता पत्र युवा संयोजिका डा. रीतु राईले पठन गरेकी थिइन्। आजको समारोहमा सिलगढी र विजयनगर तहसिल अन्तर्गतका सम्पूर्ण शाखाहरूबाट धेरै सङ्ख्यामा भक्तजन उपस्थित थिए। उपस्थित सबैको लागि भोजन प्रसादको व्यवस्था गरिएको थियो। धन्यवाद ज्ञापन सिलगडी तहसिल सचिव शशी तामाङले दिएकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement