राजगञ्ज: भोलामोड संलग्न उज्ज्वलनगर इलाकाको एउटा कटहरको रुखबाट ८ फुट लामो अजिङ्गर उद्धार भएको छ।जानकारी अनुसार आज बिहान परिवारका सदस्यहरूले घर अघि रहेको कटहरको रुखमा अजिङ्गर देखे।अजिङ्गर देखेपछि यसको जानकारी वनकर्मीहरूलाई दिए। घटनाको खबर पाएर बैकुण्ठपुर फरेस्ट डिभिजनको डाबग्राम रेञ्जका वनकर्मीहरूले घटनास्थलमा पुगेर उक्त अजिङ्गर उद्धार गरे। यस विषयमा वनकर्मी अरित दे-ले भने, लगभग ८ फुट लामो अजिङ्गर स्वस्थ रहेको छ। हाल अजिङ्गर उद्धार गरेर डाबग्राम रेञ्जमा लगिएको छ भने पछि यसलाई जङ्गलमा छोडिदिइनेछ।











