पाकिस्तानी पत्रकारलाई सूर्यकुमारको उचित जवाफ

IMG-20250922-WA0082

दुबई: दुबईमा खेलिएको एशिया कप २०२५-को सुपर फोर चरणको म्याचमा भारतले फेरि पाकिस्तानलाई सजिलै पराजित गऱ्यो। म्याचमा पाकिस्तानले दिएको १७२ रनको लक्ष्यलाई भारतले सजिलै हासिल गरेर टुर्नामेण्टमा आफ्नो स्थिति मजबूत गऱ्यो। आइतवार राति ६ विकेटले म्याच जितेपछि भारतीय कप्तान सूर्यकुमार यादवले आफ्नो बयानद्वारा सबैको ध्यान आकर्षित गरे। उनको भनाइअनुसार, भारत र पाकिस्तानबीच म्याचलाई अब चीरप्रतिद्वन्द्विता मान्न सकिँदैन। सूर्यकुमारले भारत र पाकिस्तानबीच म्याच अहिले सामान्य म्याच झैं भएको बताए, जसमा भारतले प्रत्येकपल्ट जीत हासिल गरेको छ। प्रेस कन्फ्रेन्समा पाकिस्तानका एकजना पत्रकारले दुई देशबीचको चीरप्रतिद्वन्द्वितामा अहिले ठूलो अन्तर सृष्टि भएको विषयमा प्रश्न गर्दा सूर्यकुमारले मुस्कुराउँदै भने, भारत र पाकिस्तानबीच म्याचलाई अब चीरप्रतिद्वन्द्विता भन्न बन्द गर्नुहोस्। यो मेरो तपाईंलाई निवेदन छ। प्रतिद्वन्द्विता होस् या स्तर, कुरा एउटै हो। प्रतिद्वन्द्विता तब हुन्छ जब कुनै दुई टीमबीच १५ वटा म्याच खेलिएको हुन्छ अनि स्कोर ८-७ या ७-८ हुन्छ। त्यसलाई असल प्रतिद्वन्द्विता भनिन्छ। यहाँ त १३-० या १०-१ (ले भारत अघि रहेको छ)-को अन्तर छ। यसैकारण यसलाई प्रतिद्वन्द्विता मान्न सकिँदैन। यति भनेर सूर्यकुमार मुस्कुराउँदै प्रेस रूमबाट बाहिर निस्किए।

About Author

Advertisement