शहीद कपः जर्जियन एफसी च्याम्पियन

IMG-20250922-WA0078

कालेबुङ: युनाइटेड भेटरन्स क्लब, कालेबुङको तत्त्वावधानमा आयोजित शहीद गोल्ड कप फूटबल टुर्नामेण्टमा जर्जियन फूटबल क्लब च्याम्पियन भयो। मेला ग्राउण्डमा आइतवार कृत्रिम प्रकाशमा खेलिएको फाइनल म्याचमा जर्जियन एफसी-ले युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-विरुद्ध पेनल्टी शूटआउटमा ८-७ ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१ को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा पूजन थापाले दिलाएको गोलको सहायताले यूकेएफसी मध्यान्तरसम्म १-० ले अघि रहेको थियो। त्यसपछि दोस्रो हाफमा जर्जियन एफसीको तर्फबाट सौरभ तामाङले गोल गरी स्कोर १-१ को बराबरीमा पुऱ्याए। जर्जियन एफसीका जाइल्स राईलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement