ईंग्लिश प्रीमियर लीगः आर्सनल र म्यानचेष्टर सिटीबीच रोमाञ्चक म्याच ड्र

IMG-20250922-WA0076

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा आर्सनलले म्यानचेष्टर सिटीलाई ड्र-मा रोक्यो। आइतवार राति खेलिएको हाई प्रोफाईल म्याचमा म्यानचेष्टर सिटी लगभग अन्तसम्म अघि रहे पनि अन्तिम समयमा गोल दर्ता गरेर आर्सनलले म्याच १-१-ले ड्र गऱ्यो। आफ्नो होम ग्राउण्ड एमिरेट्स स्टेडियममा ६७ प्रतिशत पोजेशनको साथ खेले पनि आर्सनल लगभग अन्तिम समयसम्म पछि रहेको थियो। एर्लिंग हालाण्डले म्यानचेष्टर सिटीलाई शुरुमै बढ़त दिलाए। नर्वेका स्टार फरवर्डले नवौं मिनटमा गोल गरे। त्यसपछि म्यानचेष्टर सिटीले त्यस बढ़तलाई अन्तिम समयसम्म कायम राखेको थियो तर इञ्ज्युरी टाइममा आर्सनलको भाग्य चम्कियो। स्टार फरवर्ड गेब्रिएल मार्टिनेल्लीले इञ्ज्युरी टाइमको तेस्रो मिनटमा गोल गरी आर्सनललाई १-१-को बराबरीमा पुऱ्याए। यस रोमाञ्चक ड्र पछि आर्सनल ५ वटा म्याचमा १० पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको दोस्रो स्थानमा कायम रह्यो। यसरी नवौं स्थानमा रहने म्यानचेष्टर सिटीसँग ७ पोइण्ट्स रहेको छ। यसरी बोर्नमाउथ र न्यूक्यासलबीच खेलिएको म्याच पनि गोलरहित ड्र (०-०)-मा समाप्त भयो। बोर्नमाउथ १० पोइण्ट्सको साथ गोल अन्तरको आधारमा चौथो स्थानमा रहेको छ। यसरी १३औं स्थानमा रहने न्यूक्यासलसँग ६ पोइण्ट्स रहेको छ। सण्डरल्याण्ड र एस्टन भिल्लाबीच खेलिएको म्याच १-१-ले ड्र रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement