डिष्ट्रिक्ट रुरल डेभलपमेन्ट सेलद्वारा स्वयं सहायता समुहलाई ११ करोडको लोन वितरण

00-IMG-20220923-WA0113

दार्जीलिङ: जीटीएअन्तर्गत डिष्ट्रिक्ट रुरल डेभलपमेन्ट सेल (डीआरडीसी) ले लुइस जुबली परिसरमा  कार्यक्रम आयोजना गरेर दार्जीलिङ, कालेबुङ अनि खरसाङ क्षेत्रका स्वयं सहायता समूहहरुलाई लोन वितरण गर्यो। जीटीएका मुख्य कार्यपाल अनित थापाले स्वरोजगारको एउटा अभियान चलाएका छन्। उनले विभिन्न मञ्चबाट स्वरोजगारको वकालत गर्दै भनेका छन्, ‘अब समय आएको छ हाम्रो बाजे बराजुले अपनाएको आर्थिक मोडलको बेसिक्समा जाने। होमस्टे चलाउनु सक्छौ। मत्स्य पालन गर्नु सक्छौ, पर्यटनसँग सम्बन्धित कार्यहरू गर्नसक्छौ, टेक्नोलोजी अनुरूप कृषिमा संलग्न हुनुसक्छौ।  अहिले बजार व्यवस्था सजिलो भएको छ। झन अर्ग्यानिकको क्रेजले हाम्रो बस्तीमा उत्पादन हुने झार देखि लिएर फलफूलसम्म बिक्री हुनुसक्छ। त्यसैले स्वरोजगार तर्फ पनि हाम्रो युवाहरु अग्रसर हुनुपर्छl’

सभासद सिनोरा नाम्चु भनिन्, ‘आज मैले कालेबुङ साङ्से क्षेत्रको निशा भुजेललाई सुन्ने मौका पाएँ। उनी अल्फा एसएचजीका सदस्य हुन्। उनले एसएचजी मार्फत सानो बाँसको कटेराबाट व्यवसाय शुरु गरिन्। आज उनले तीनजनालाई स्थायी रूपमा नौकरीमा राखेकी छिन् भने अस्थायी रूपमा काम गर्ने धेरै नै छन्। निशा भन्छिन् आजको दिनमा उनले मासिक रूपमा रु ७० हजार बचत गर्नु सक्दैछिन्l’ सिनोरा नाम्चुले अझ भनिन्, ‘हाम्रा दिदीबहिनीहरूले यसरी प्रगति गर्न सक्छन् भने यही ठाउँ नै सिङ्गापुर हो। पैसा कमाउनु सिंगापुर जानु पर्दैनl’

सभासद् नवराज छेत्रीले भने, ‘सरकारले उद्यमी अनि व्यवसायीलाई सहयोग गर्न चाहन्छ। स्वयं सहायता समुहका सदस्यले आफु माझ मात्र लोनको लेनदेन नगरेर लोनलाई व्यवसायमा लगानी गर्नु उचित हो। आज मैले सुनें कि लाभाका एउटा दलले १ करोड लगानी अलैची खेतीमा गर्ने भएको छl’ उनले अझ भने, ‘अहिलेसम्म हामीले महिलाहरुको स्वयं सहायता समुह मात्र अग्रसर भएको पाएका छौ। मलाई लाग्छ पुरुषहरु पनि स्वनिर्भर बन्न अघि आउनु पर्छl लोन वितरणको जानकारी दिंदै नवराज छेत्रीले भने, ‘रेवोल्विङ लोन, प्रोड्युसर ग्रुप लोन, वर्किङ क्यापिटल, सीड क्यापिटल अनि क्यास क्रेडिट जस्ता लोनहरु मिलाएर मोठ रु० ११ करोड १० लाख २० हजार वितरण भयो। वितरण जीटीएका मुख्य कार्यपाल अनित थापाको हातबाट भयोl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement