पाकिस्तानविरुद्ध एशिया कपमा भारतको लगातार दोस्रो जीत

IMG-20250922-WA0003

दुबई: भारतले एशिया कपको सुपर फोर चरणको म्याचमा पाकिस्तानविरुद्ध ६ विकेटले जीत हासिल गऱ्यो। म्याचमा टस हारेर पहिला ब्याटिं गर्दै पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १७१ रन बनायो। त्यसपछि भारतले १८.५ ओभरमै ४ विकेटमा १७४ रन बनाएर म्याच जित्यो। भारतको यस जीतमा प्लेयर अव् द म्याच रहने अभिषेक शर्माले महत्त्वपूर्ण भूमिका निर्वाह गरे। यस युवा ओपनरले पाकिस्तानको बलिंग आक्रमणसँग खेलाँची गर्दै ६ वटा चौका र ५ वटा छक्काको साथ ३९ बलमा ७४ रन बनाउनको साथै साथी ओपनर शुभमन गिलसँग शतकीय पार्टनरशीप गरे। गिलले २८ बल खेलेर ८ वटा चौकाको साथ ४७ रन बनाए। अभिषेक र गिलले पहिलो विकेटको निम्ति ९.५ बलमा १०५ रनको पार्टनरशीप गरे। भारतले पछिबाट यी दुई ब्याटरको साथमा कप्तान सूर्यकुमार यादव (०) र सञ्जु सेमसन (१३ रन)-को विकेट गुमाए पनि तिलक वर्मा (अविजित ३० रन) र हार्दिक पाण्ड्या (अविजित ७ रन)-ले मिलेर भारतलाई सजिलै जीत दिलाए।


यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै पाकिस्तानले ओपनर फखर जमान (१५ रन) लाई शुरुमै गुमाए पनि शाहिबजादा फरहानले टीमलाई तेज शुरुवात दिलाए। हार्दिक पाण्ड्याको बलिंगमा फखर जमान आउट हुँदा स्कोर केवल २१ रन थियो। त्यहाँबाट फरहानले सईम अयूबसँग मिलेर दोस्रो विकेटको निम्ति ७२ रनको पार्टनरशीप गरे। यी दुईजना क्रीजमा रहँदासम्म पाकिस्तान असल स्थितिमा थियो तर शिवम दुबेले ११औं ओभरमा अयूबलाई आउट गर्नको साथै पाकिस्तानको रन रेटमा अंकुशे लाग्यो। अयूबले १७ बलमा २१ रन बनाए। त्यसपछि पाकिस्तानले तेजीको साथ रन बनाउने प्रयास गरे पनि भारतीय बलरहरूले लगातार अन्तरालमा विकेट हासिल गरी म्याचलाई नियन्त्रणमा राख्यो। हसन तलत १० रन बनाएर आउट भए जबकि लगातार जीवनदान पाएर अर्द्धशतक बनाउने फरहान १५औं ओभरमा दुबेको दोस्रो शिकार बने। फरहानले ४५ बल खेलेर ५ वटा चौका र ३ वटा छक्काको साथ ५८ रन बनाए। अन्तिम ओभरहरूमा मोहम्मद नवाजले २१, कप्तान सलमान आगाले अविजित १७ र फहीम अशरफले अविजित २० रन बनाएर पाकिस्तानलाई चुनौतीपूर्ण स्कोरसम्म पुऱ्याए। नवाज रन आउट भए। भारतीय बलरहरूमा शिवम दुबेले सर्वाधिक २ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement