चाइना मास्टर्समा चिराग-सात्विकको जोड़ी उपविजेता

IMG-20250922-WA0001

शेनझेन: भारतका सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको जोड़ीले फेरि एकपल्ट उपविजेताको रूपमा चित्त बुझाउनु पऱ्यो। सात्विक चिरागको जोड़ीले चाइना मास्टर्स ७५० ब्याडमिण्टन टुर्नामेण्टमा पुरुष युगलको फाइनलमा विश्वको नम्बर एक जोड़ी दक्षिण कोरियाका किम योन हो र सियो सिओंगविरुद्ध ४५ मिनटमा १९-२१, १५-२१-ले पराजित भयो। सात्विक-चिरागको जोड़ी यस सीजनमा लगातार दोस्रोपल्ट फाइनलमा पुगेको थियो तर दुवै अवसरमा यस जोड़ीले उपविजेताको रूपमा चित्त बुझाउनु पऱ्यो। म्याचको पहिलो गेममा सात्विक-चिरागको जोड़ीले १४-७-को मजबूत बढ़त हासिल गरिसकेको थियो तर त्यसपछि उनीहरूले फर्मलाई कायम राख्न सकेनन्। दोस्रो गेममा पनि भारतीय जोड़ीले पहिला ३-२ अनि पछिबाट ८-६-को बढ़त हासिल गरेको थियो तर कोरियाई जोड़ीले ९-९-को बढ़त हासिल गरेपछि ब्रेकसम्म एक अंकको बढ़त हासिल गऱ्यो। चिरागले दुईपल्ट शट् बाहिर हिर्काउँदा कोरियाई जोड़ीलाई ५ म्याच पोइण्ट हासिल भयो। त्यसपछि दक्षिण कोरियाई जोड़ीलाई म्याच र खिताब जित्न समस्या भएन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement