राड योजनाअन्तर्गत रबिटारमा बाख्रा वितरण

IMG-20250921-WA0170

नाम्ची: नाम्ची जिल्लास्थित पशुपालन तथा पशु चिकित्सक सेवाहरू विभागले वर्षा निर्भर क्षेत्र विकास (राड) कार्यक्रमअन्तर्गत रबिटार मङ्घिम क्लस्टरमा हिजो २० सेप्टेम्बरमा बाख्रा वितरण कार्यक्रम सम्पन्न गरियो। कार्यक्रमको अध्यक्षता विभागकी अध्यक्ष श्रीमती दोमा लेप्चाले गरेकी थिइन्। कार्यक्रम अवधि स्थानीय प्रगतिशील किसानहरूलाई २६ वटा सङ्कर जातका बोका वितरण गरियो।
लाभार्थीहरूलाई सम्बोधन गर्दै श्रीमती दोमा लेप्चाले राज्यको बढ्दो माग पूरा गर्न बोका उत्पादनलाई विस्तार गर्न किसानलाई प्रोत्साहित गरिन्। यसै अवसरमा डा. सोनम छोदेन भुटियाले कार्यक्रममा उपस्थितलाई योजनाबारे जानकारी दिँदै प्राविधिक सुझाव प्रस्तुत गरिन् भने डा. ताशी चुजाङ भुटियाले साना जंगलीजन्तु पालन्को सम्भावना र व्यवस्थापनबारे प्रकाश पारे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement