सीसीसीटी चिसोपानीको तीन दिने रजत जयन्ती समाप्त

IMG-20250921-WA0168

गान्तोक: नाम्ची जिल्ला अन्तर्गत जोरथाङको चिसोपानीमा सञ्चालित सीसीसीटी-को रजत जयन्तीको समापन कार्यक्रममा सिक्किम विधानसभाकी उपाध्यक्ष राज कुमारी थापा मुख्य अतिथिकोरूपमा उपस्थित रहेकी थिइन्। गत १८ सेप्टेम्बरदेखि शुरू भएको तीन दिवसीय कार्यक्रमको समापन हिजो भएको हो। सिक्किम राज्य स्थापना दिवसको ५०औं वर्षगाँठ साथै सीसीसीटीको रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रम सफलतापूर्वक सम्पन्न संस्थानको पक्षबाट जानकारी गराइएको छ।
सीसीसीटी-ले शैक्षिक उत्कृष्टता, नवीनता र समाज सेवाको २५ गौरवशाली वर्ष पूरा गरेको मुख्य अतिथि राज कुमारी थापाले आफ्नो सम्बोधनमा बताइन्। उनले यस गौरवशाली क्षणमा सीसीसीटीका सम्पूर्ण परिवार, विद्यार्थी, संकाय, कर्मचारी र पूर्व विद्यार्थीहरूलाई उनीहरूको उपलब्धि र विकासको उल्लेखनीय यात्राको लागि हार्दिक बधाई दिइन्।
कार्यक्रममा राज्यभरिका प्रतिभालाई एउटा मञ्चमा ल्याएर राज्य-स्तरीय प्रतियोगिता आयोजना गरिएको थियो जसमा ज्ञान, रचनात्मकता र अनुसन्धान प्रदर्शन गर्ने शैक्षिक, नवीनता कार्यक्रमहरू – संस्थाको एकता र भावनालाई प्रतिबिम्बित गर्ने सांस्कृतिक र उत्सव कार्यक्रमहरू- शैक्षिक उपलब्धिहरू, विद्यार्थीहरूको रचनात्मकता र संस्थागत प्रगतिलाई सुन्दर ढंगले समेटेर प्रकाशित गरिएको “टेकेज” पत्रिकाको विमोचन पनि गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement