योक्सम-दुब्दी जीपीयूलाई महिला मैत्री गाउँ पुरस्कार

IMG-20250921-WA0167

गेजिङ: राज्य सरकारले गेजिङ जिल्लाको योक्सम-दुब्दी ग्राम पञ्चायत यूनिटलाई वर्ष २०२३-२४ को लागि “महिला मैत्री गाउँ ग्राम पञ्चायत पुरस्कारले सम्मान जनाएको थियो। गत १७ सेप्टेम्बरको दिन गान्तोकमा सम्पन्न सेवा पखवड़ा कार्यक्रमको अवसरमा यो पुरस्कार प्रदान गरिएको हो। स्थानीय रीज पार्कमा देशका प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा राज्यपाल ओम प्रकाश माथुर, मुख्यमन्त्री प्रेम सिंह तामाङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। उल्लेखनीय छ, उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुऱ्याउने व्यक्ति, संस्था लगायत अन्यहरूलाई सम्मान जनाइएको थियो।
कार्यक्रममा मुख्यमन्त्री प्रेम सिंह तामाङले उत्कृष्ट कार्य गरेकोमा योक्सम दुब्दी ग्राम पञ्चायत यूनिटलाई बधाई साथै शुभकामना दिएका थिए। विशेष गरेर उक्त जीपीयूले केन्द्र र राज्य सरकारद्वारा शुरू गरेको विभिन्न प्रकारको योजनाहरूलाई ग्रामीणस्तरमा कार्यान्वयन गर्नको साथै लैङ्गिक समानता र महिला सशक्तिकरणको लागि सक्रिय रूपमा काम गरिरहेको छ। उक्त जीपीयूले विद्यालयमा बालिकाहरूको सय प्रतिशत भर्ना सुनिश्चित गर्नको साथै मनरेगा अनि अन्य योजनाहरू अन्तर्गत महिलाहरूको लागि रोजगारीका अवसरहरू सिर्जना गर्ने र स्थानीय शासनमा समावेशी सहभागितालाई संरक्षण गर्न सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement