निम्न रङ्गबुल गोर्खा बस्तीमा नवनिर्मित आनन्द संघ समाज भवनको उदघाटन

IMG-20250921-WA0145

सोनादा: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनद्वारा रङ्गबुल धोतरिया रङ्गमुक समष्टि अन्तर्गत निम्न रङ्गबुल गोर्खा बस्तीमा आईतबार नवनिर्मित आनन्द संघ समाज भवनको उदघाटन गरियो। उक्त समाज घरको उदघाटन कार्यमा प्रमुख अतिथिको रुपमा क्षेत्रीय सभासद एवं जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान उपस्थित रहेका थिए‌। त्यसरी नै विशिष्ट अतिथिको रुपमा पूर्व पार्षद एनबी प्रधान, पञ्चायत प्रधान, पञ्चायत समिति सदस्य जीवन प्रधान, लक्ष्मण ठकुरी, विभागीय अधिकारीहरु, समाजका प्रतिनिधिहरु र अन्यहरु उपस्थित रहेका थिए। कार्यक्रमलाई पुस्कर गिरीले सञ्चालन गरेका थिए। प्रमुख अतिथि र विशिष्ट अतिथिहरुका‌ बाहुलीबाट धुप दीप प्रज्ज्वलन गरी थालिएको कार्यक्रममा प्रमुख अतिथि जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान र ९५ वर्षीय पूर्व शिक्षक नरबहादुर गिरीको संयुक्त बाहुलीबाट रिबन काटेर समाज भवनको उदघाटन गरिएको छ। यस अवसरमा निम्न रंगबुल गोर्खा बस्तीमा नवनिर्मित आनन्द संघ समाजको तर्फबाट जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानलाई सम्मान पनि जनाइएको छ।‌ यस समाज भवनको उदघाटन कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै निम्न रंगबुल गोर्खा बस्तीमा नवनिर्मित आनन्द संघ समाजको कोषाध्यक्ष पुस्कर गिरीले आनन्द संघ समाजको समाज घर निर्माण गर्ने दीर्घकालीन माग आज आएर पूरा गरिएको छ अनि यस नवनिर्मित भवनमा विभिन्न सामाजिक र आध्यात्मिक कार्यक्रमहरु लगायत समाजका विभिन्न कार्यक्रमहरु आयोजना गर्न सुविधा भएको बताएका छन्।‌ उनले यस समाज भवनको लागि क्षेत्रीय सभासद एवं जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान र जीटीए प्रमुख अनित थापालाई समाजको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन्। उनले यस समाज भवनको उदघाटन समारोहमा उपस्थित सबैप्रति आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement