दमक एफसी च्याम्पियन

IMG-20250921-WA0080

पानीघट्टा: निरपानी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित नक्आउट फूटबल टुर्नामेण्टमा दमक फूटबल क्लब (नेपाल) च्याम्पियन बन्यो। निरपानी हाई स्कूल खेल मैदानमा शनिवार भएको फाइनल म्याचमा दमक एफसी-ले कञ्चनजंघा फूटबल क्लब (केएफसी)-विरुद्ध ४-० ले जीत हासिल गऱ्यो। म्याचको सबै गोल मध्यान्तर पछि भयो। विजेता टीमको तर्फबाट हेमन लिम्बूले ५२औं र ५८औं मिनटमा २ गोल गरे। यसबाहेक नीमा तामाङले ४१औं मिनट र राज छेत्रीले ५६औं मिनटमा गोल गरे। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो।
संक्षिप्तमाः
च्याम्पियनः दमक एफसी, नेपाल
रनरअपः कञ्चनजंघा एफसी (केएफसी)
प्लेयर अव् द म्याचः हेमन लिम्बू (दमक एफसी)
प्लेयर अव् द टुर्नामेण्टः छिरिंग गुरुङ (दमक एफसी)
बेस्ट गोलकीपरः योगेश धिमाल (दमक एफसी)
हाईएस्ट स्कोररः मुनु सौरिया (केएफसी)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement