आदिवासी मामिला मन्त्रालयसँग नाम्चीका जिल्लापाल ताम्लिङको अन्तरक्रिया

IMG-20250920-WA0164

नाम्ची: जिल्लापाल सुश्री अनूपा तामलिङले आज स्थानीय जिल्ला प्रशासन केन्द्रमा आदिवासी मामिला मन्त्रालयका अवर सचिव तथा सिक्किमका लागि ‘आदि कर्मयोगी अभियान’का जिल्ला प्रभारी रमेश चन्द चन्द्रावलसँग अन्तरक्रिया गरिन्। बैठकमा अभियानअन्तर्गतका पहल र आगामी योजनाबारे छलफल भएको थियो। अवर सचिव चन्द्रावलले अभियानका उद्देश्यहरू प्रस्तुत गर्दै यसलाई प्रभावकारी बनाउन गाउँ विकास अधिकृत (बीडिओ) हरूको सक्रिय संलग्नता आवश्यक रहेकोमा जोर दिए। जिल्लापाल तामलिङले पनि आफ्ना विचार प्रस्तुत गर्दै अभियानलाई सकारात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले यस अभियानले जिल्लाका लागि महत्वपूर्ण प्रभाव पार्ने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा अतिरिक्त जिल्लापाल सुश्री तिर्साङ तामाङ, एसडीएम (मुख्यालय) निम पिन्त्सो भुटिया, नाम्चीका महकूमा अधिकारी सरन कालिकोटे र सामाजिक कल्याण अधिकृत तथा अभियानका नोडल अफिसर सोनाम दादुल भुटियाको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement