गेजिङ: गत वर्ष स्थापित नेपाली पुस्तक सङ्ग्रहालयले आफ्नो पहिलो वार्षिकोत्सव दक्षिण सिक्किमको नाम्चीस्थित एउटा होटलमा सम्पन्न गरियो। यस विशेष अवसरमा सहआयोजक डिभाइन थियोलोजिकल ओपन युनिभर्सिटी नाम्ची, दक्षिण सिक्किमले पनि आफ्नो वार्षिक स्थापना दिवसको पालन गरेको थियो।
कार्यक्रममा परी प्रकाशन, सोरेङका अध्यक्ष सीपी शर्मा मुख्य अतिथि रहेका थिए। साथै पद्मश्री पुरस्कार विजेता केदार गुरुङ, दार्जीलिङका विशिष्ट साहित्यकार डा. गोकुल सिन्ह, वरिष्ठ विद्वान् डा. टीबी चन्द्र सुब्बा साथै विभिन्न जिल्लाबाट साहित्यकार, स्रष्टा र साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो।
यस अवसरमा दक्षिण, पूर्व र पश्चिम सिक्किमका दशजना प्रतिष्ठित साहित्यकारहरूको कृति लोकार्पण गरियो जस्मा – कमल सापकोटा नाम्ची, दक्षिण सिक्किम, टीका ढुङ्गगेल रटन’ साङ छलमथाङ, पूर्व सिक्किम, माधव खनाल अप्पर छलमथाङ, दक्षिण सिक्किम,पेम नर्बु शेर्पा “ज्योति” माथिलो दिउ, दामथाङ, दक्षिण सिक्किम, धनसिंह विश्व लोहागण, ओम्चुङ गेजिङ, पश्चिम सिक्किम, चक्रपाणि भट्टराई नामिन–तुम्लाबुङ, पूर्व सिक्किम, गोविन्द मिश्र सिक्ताम, पश्चिम सिक्किम, एम. बी. खुलाल ‘दीप’ लिङमो, दक्षिण सिक्किम,दलमान डी. गुरुङ नाम्ची, दक्षिण सिक्किम, अमीता जी “अणु” थापा गान्तोक, पूर्व सिक्किम रहेका छन्।